काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नाराबाजीपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
आकस्मिक समयमा बोल्न नपाएको भन्दै राप्रपाले वेलमा पुगेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिने सहमति भएपछि बैठक सुरु भएको हो । अहिले लिङ्देन बोल्दै छन् ।