May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

यो प्रकरण काबुभन्दा बाहिरको भएर बाहिर आयो, खुसी छु : ओली

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:५७
यो प्रकरण काबुभन्दा बाहिरको भएर बाहिर आयो, खुसी छु : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण धेरै मानिस ठगिएर काबुबाहिरको परिस्थिति उत्पन्न भएपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकका लागि ओली पार्टी कार्यालय च्यासल पुगेका छन् । कार्यालयमा प्रवेश गर्नुअघि दिएको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिँदा असन्तुष्ट हुँदै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउन पुगेका थिए । आज भने सो प्रकरण सार्वजनिक भएकामा आफूलाई खुसी लागेको बताए ।

“एक ढंगले सार्है ठूलो ढंगमा ठगी भएपछि नियन्त्रणबाहिरको परिस्थितिमा यो प्रकरण बाहिर आएको हो,” ओलीले भने, “म त यो प्रकरण अघि बढेकोमा खुसी छु ।”

ठूलठूला नाम पनि जोडिँदै छन् नि ? भन्ने प्रश्नमा उनले दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताए । “त्यसमा मेरो भन्नु केही छैन, दोषी छुट्नु हुँदैन, निर्दोष फस्नु हुँदैन,” उनले भने । प्रधानमन्त्रीले भनेको ‘फिल्म’ कस्तो रहेछ ? भन्ने प्रश्नमा उनले त्यो देखाउँछु भन्नेलाई सोध्न आग्रह गरे ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।