May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

सबै सांसदको जवाफ दिन सम्भव हुँदैन : मन्त्री रिजाल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:५३
सबै सांसदको जवाफ दिन सम्भव हुँदैन : मन्त्री रिजाल
  • क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको (रास्वपा) का सांसदले प्रश्न उठाए
  • रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो
  • पैसा आउँछ भन्दैमा  खोला बेच्च मिल्दैन : सांसद पराजुली

काठमाडौं ।।

क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न उठाएका छन् ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो ।क्रसर उद्योगहरूले मापदण्ड पालना गर्न किन समस्या भएको भन्दै व्यवसायीलाई सोधेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका सचिव विनोद प्रकाश सिंहलाई सरकारले लागु गरेको मापदण्ड व्यवसायीले नमान्दा हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा सचिव सिंहले राज्यको कानुन सबैले मान्नु पर्ने बताए । तर, अहिले पाँच वर्षअघिको कानुन त्यत्तिकै लागु गर्न उपयुक्त नहुने सचिव सिंहको भनाइ छ । व्यवसायीले भने नवीकरण गरिदिने बाटो खोल्न आग्रह गरेका छन् ।  सांसद पराजुलीले उद्योगमन्त्री रमेश रिजाललाई पनि मापदण्ड लागु गराउन केले समस्यामा छ भनेर प्रश्न सोधेका थिए ।

जवाफमा मन्त्री रिजालले एक/एक सांसदको उत्तर दिन सम्भव नहुने बताए । समितिका सभापति अब्दुल खाँनले मन्त्रीलाई प्रश्न सोध्ने भए टिपाउन सांसद पराजुलीलाई आग्रह गरे । निष्कर्षमा सांसद पराजुलीले नियम सबैले मान्नु पर्ने र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए । तर, पैसा आउँछ भनेर खोला बेच्च नहुने उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट