sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अजिंगररूपी भ्रष्टाचारले सास फेर्न नसक्ने बनायो : खनाल

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:१५
अजिंगररूपी भ्रष्टाचारले सास फेर्न नसक्ने बनायो : खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरेको उनले उल्लेख गरेका छन् ।

अनेरास्ववियूको ५९औँ स्थापना दिवस एवं युवा संघ नेपालको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले देश चौतर्फी संकटबाट गुज्रिरहेको बताएका छन् । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले श्रमजीवी युवा खाडी मुलुक, मलेसिया र युवा विद्यार्थी अस्ट्रेलियातिर जान बाध्य भइरहेको पनि उनले उल्लेख गरेका छन् ।

“…युवा तथा विद्यार्थीहरू ! तपाईंहरूलाई थाहा छ, हाम्रो देश यति बेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । तर, देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ,” पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्, “बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवी युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलियातिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समधान दिन सकिरहेको छैन ।”

यस्तो अवस्थामा वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवा एकजुट हुनु जरुरी रहेको उनले औँल्याएका छन् । समाजवादतिरको यात्रालाई तीव्र र व्यापक पार्न जरुरी रहेकामा उनले जोड दिएका छन् ।

देशका कतिपय वामपन्थी शक्ति मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निसाना के हो भन्ने कुरामै अन्योलग्रस्त र दिशाहीन देखिएको उनको भनाइ छ । अहिलेको सम्पूर्ण समस्या, विकार र विकृतिको एक मात्र समधान समाजवाद भएको उनको निष्कर्ष छ ।

दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निसाना केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid