May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

बादलविरुद्ध प्रमाण खोज्दै प्रहरी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:५७
बादलविरुद्ध प्रमाण खोज्दै प्रहरी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलविरुद्ध प्रहरीले नक्कली शरणार्थी गिरोहसँगको कनेक्सन जोडिएको प्रमाण जुटाउने काम गरिरहेको स्रोतले जानकारी दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको सरकारमा बादल गृहमन्त्री थिए । उनले त्यसबेला बिचौलियालाई फाइदा पुग्नेगरी कार्यदल गठन गरेका थिए ।

बिचौलियाले नै अघि सारेका व्यक्तिलाई कार्यदलमा राखेको र छोरा प्रतीकमार्फत् गिरोहसँग जोडिएको पक्राउ परेकाको प्रारम्भिक बयानबाट थाहा भएको प्रहरी स्रोतले जानकारी दियो । “हामीले जति पक्राउ गरेका छौँ, प्रमाणका आधारमा गरेका हौँ,” एक प्रहरी अधिकारीले भने ।

बादलका सल्लाहकार इन्द्रजित राईले लगातार दिएको इन्कारी बयानले केही दिन लम्बिएको भए पनि अन्य व्यक्तिले दिएको बयानका आधारमा बादलको संलग्नताका आधार देखिएको स्रोतले जानकारी दियो । “बादलको पहिले सम्बन्ध इन्द्रजित राईसँग मात्रै रहेको देखियो,” प्रहरी स्रोतले भन्यो, “राईलाई नेकपा एमालेले नै सल्लाहकार बनाएको देखिएको छ । पक्राउ परेका अन्य आरोपीले राई र बादललाई सँगै जोडेका छन् ।”

बादलका छोरा प्रतीक थापाविरुद्ध भने आइतबार नै पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका रायमाझीलाई प्रहरीले ११ दिनदेखि खोजी गरिरहेको थियो । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार उनी नयाँ दिल्लीबाट काठमाडौं आइ बूढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा थिए । उनी तिनै कार्यकर्ताको घरबाट आइतबार राति पक्राउ परेका हुन् । उनलाई पनि अनुसन्धानका लागि आज म्याद थपका लागि लैजाने तयारी छ । रायमाझीलाई पहिले नेकपा एमालेले जोगाउन लागेको भन्दै चर्को आलोचना भएपछि निलम्बन गरेको थियो ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझी पक्राउ नगर्न पहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुरोध गरेको स्रोतले जानकारी गराएको छ । तर श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा जोगाउन नसकिने बताएका थिए । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए । ओलीले रायमाझी भाग्ने मान्छे नभएको भन्दै बाटोमै पक्राउ गर्न खोजिएको भनेर आपत्तिसमेत जनाएका छन् ।

“निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ,” प्रधानमन्त्रीसँग भेट गरेर बाहिरिँदै गर्दा ओलीले अघिल्लो साता भनेका थिए, “चार वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेकजस्ता कुराहरू, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ ।” उनले रायमाझी भागेर कहिँ नजाने भन्दै प्रधानमन्त्रीलाई उनका विषयमा आएका पक्राउ हल्ला के हुन् भन्दै ध्यानाकर्षण गराएका थिए । “उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु,” ओलीले भनेका थिए ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।