sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बादलविरुद्ध प्रमाण खोज्दै प्रहरी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:५७
बादलविरुद्ध प्रमाण खोज्दै प्रहरी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलविरुद्ध प्रहरीले नक्कली शरणार्थी गिरोहसँगको कनेक्सन जोडिएको प्रमाण जुटाउने काम गरिरहेको स्रोतले जानकारी दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको सरकारमा बादल गृहमन्त्री थिए । उनले त्यसबेला बिचौलियालाई फाइदा पुग्नेगरी कार्यदल गठन गरेका थिए ।

बिचौलियाले नै अघि सारेका व्यक्तिलाई कार्यदलमा राखेको र छोरा प्रतीकमार्फत् गिरोहसँग जोडिएको पक्राउ परेकाको प्रारम्भिक बयानबाट थाहा भएको प्रहरी स्रोतले जानकारी दियो । “हामीले जति पक्राउ गरेका छौँ, प्रमाणका आधारमा गरेका हौँ,” एक प्रहरी अधिकारीले भने ।

बादलका सल्लाहकार इन्द्रजित राईले लगातार दिएको इन्कारी बयानले केही दिन लम्बिएको भए पनि अन्य व्यक्तिले दिएको बयानका आधारमा बादलको संलग्नताका आधार देखिएको स्रोतले जानकारी दियो । “बादलको पहिले सम्बन्ध इन्द्रजित राईसँग मात्रै रहेको देखियो,” प्रहरी स्रोतले भन्यो, “राईलाई नेकपा एमालेले नै सल्लाहकार बनाएको देखिएको छ । पक्राउ परेका अन्य आरोपीले राई र बादललाई सँगै जोडेका छन् ।”

बादलका छोरा प्रतीक थापाविरुद्ध भने आइतबार नै पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका रायमाझीलाई प्रहरीले ११ दिनदेखि खोजी गरिरहेको थियो । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार उनी नयाँ दिल्लीबाट काठमाडौं आइ बूढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा थिए । उनी तिनै कार्यकर्ताको घरबाट आइतबार राति पक्राउ परेका हुन् । उनलाई पनि अनुसन्धानका लागि आज म्याद थपका लागि लैजाने तयारी छ । रायमाझीलाई पहिले नेकपा एमालेले जोगाउन लागेको भन्दै चर्को आलोचना भएपछि निलम्बन गरेको थियो ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझी पक्राउ नगर्न पहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुरोध गरेको स्रोतले जानकारी गराएको छ । तर श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा जोगाउन नसकिने बताएका थिए । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए । ओलीले रायमाझी भाग्ने मान्छे नभएको भन्दै बाटोमै पक्राउ गर्न खोजिएको भनेर आपत्तिसमेत जनाएका छन् ।

“निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ,” प्रधानमन्त्रीसँग भेट गरेर बाहिरिँदै गर्दा ओलीले अघिल्लो साता भनेका थिए, “चार वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेकजस्ता कुराहरू, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ ।” उनले रायमाझी भागेर कहिँ नजाने भन्दै प्रधानमन्त्रीलाई उनका विषयमा आएका पक्राउ हल्ला के हुन् भन्दै ध्यानाकर्षण गराएका थिए । “उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु,” ओलीले भनेका थिए ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid