April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

आम्दानीभन्दा सरकारको खर्च बढी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १३:३७
आम्दानीभन्दा सरकारको खर्च बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को १० महिना सकिएको छ । आर्थिक वर्षको १० महिनामा सात खर्ब ९७ अर्ब ३४ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । तर, उक्त अवधिमा १० खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको तथ्यांक छ ।सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण लक्ष्यअनुरूप राजस्व उठ्न नसकेको बताइएको छ । अर्थतन्त्रमा समस्या आएको भन्दै सरकारले विलासिताका बस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले आठ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यसले गर्दा पनि यो वर्षको वैशाख मसान्तसम्म बजेट घाटा दुई खर्ब ५० अर्ब ४१ लाख रुपैयाँ छ । अनिवार्य दायित्वतर्फ चालु आर्थिक वर्षको वैशाखसम्म सात खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखाका अनुसार सहायता र अन्य प्राप्तिबाहेक राजस्व संकलन भने सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ भएको छ । उक्त राजस्व संकलनले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न सक्ने स्थिति छैन । चालु वर्षमा सरकारले राखेको राजस्व लक्ष्य पूरा नहुने देखिन्छ । यो वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म लक्ष्यको ५३.९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यो वर्षभरि नै अर्थतन्त्रमा दबाब परेकाले पनि राजस्व संकलनमा कमी आएको हो ।

महालेखाका अनुसार वैशाख मसान्तसम्म पुँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ भएको छ । चालु वर्षमा सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

वैशाखमा राजस्व संकलनले लक्ष्य भेटेन

सरकारले चालु आर्थिक वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाखमा ७२ अर्ब ८७ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखाले जनाएको छ । यस महिना लक्ष्यभन्दा ४२ अर्ब ९० करोड ८५ लाख रुपैयाँ कम राजस्व संकलन भएको तथ्यांकले देखाउँछ । गत चैतमा एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।