April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

बालकृष्ण खाँणको बयान जारी

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:२६
बालकृष्ण खाँणको बयान जारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

सोमबार प्रश्न सोध्दा सोध्दै ‘आजलाई भयो’ भन्दै पूर्वगृहमन्त्री खाँण उठेका थिए । ‘५-६ वटा प्रश्न सोध्ने वित्तिकै अब भयो.. भयो भन्दै उहाँ उठ्नुभयो’, सरकारी वकिलको कार्यालयका एक अधिकारी भन्छन्, ‘प्रश्न सोध्दा उहाँले एकदमै झिजो मान्नुभयो, पछि स्वास्थ्य पनि समस्या छ भनेर उहाँलाई पठाइयो ।’

सरकारी वकिलको कार्यालयले खाँणको बयान सोमबारै सक्ने तयारी गरेको थियो । तर, उनले बोल्न नमानेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो । जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद भएलगत्तै उनलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

‘आफ्नो त केही छैन, बयान पनि ५ मिनेटमै सकिन्छ’ भन्दै उनी बयान दिने कक्षतिर छिरेका थिए । तर, राति ७ बजेसम्म उनको बयान लिइएको थियो । ‘निर्धारित प्रश्नहरु हुन्छन्, त्यो सक्न समय लागि हाल्छ’, सरकारी वकिलको कार्यालय स्रोत भन्छ ।

अधिकारीहरुका अनुसार अहिले बयान दिन उपस्थित भएका पूर्वगृहमन्त्री खाँण चाहिँ अलमलिएका जस्तो देखिन्छन् । ‘कतिपय प्राविधिक विषयका प्रश्नहरु छन्, केही पत्राचारका कुरा, केही निर्णयका कुराहरु मन्त्रीलाई थाहा हुने विषय पनि भएन’, ती अधिकारी भन्छन्, ‘त्यसैले उनी केही विषयमा अलमलिएका छन् ।’

अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएकाले पनि प्रहरी दबावमा छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट