May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

बाबुरामले रेशम चौधरीलाई क्रान्तिकारीको दिए संज्ञा

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:२0
बाबुरामले रेशम चौधरीलाई  क्रान्तिकारीको दिए संज्ञा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी भएको बताएका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट-थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एकजना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई रेशम चौधरीले जन्मकैदको सजायँ भोगीरहेका छन् । उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको सजायँलाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने अदालतका न्यायाधीश र क्रान्तिकारीबीच अन्तरविरोध चलिरहने भन्दै रेशमलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुराना-विद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो-विद्यमानसँग विद्रोह गरेर नयाँ-भविष्यमुखी सोंच-मान्यता-विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्