April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

एमसीसी पछि नेपाललाई खेलमैदान बनाउन खोजियो : खनाल

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:३२
एमसीसी पछि नेपाललाई खेलमैदान बनाउन खोजियो : खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति जनाएका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको उनको दाबी छ ।

काठमाडौंमा बुधवार ३१औं मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् ।’

पूर्वप्रधानमन्त्री खनालले अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीकोमा पुग्ने गरेको भन्दै नेपाललाई खेलमैदान बनाउन खोजिएको बताए ।

‘के स्वार्थ छ ? यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ?’ उनले थपे, ‘नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

अर्को फरक प्रशंगमा उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताएका छन् । उनले यो प्रकरणको निष्पक्षरुपमा छानबिन गरी टुंगोमा पुर्पयाउनुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट