May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

“नेपाली कांग्रेस पार्टी हावा न चावाको ” : ओली

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:५४
“नेपाली कांग्रेस पार्टी हावा न चावाको ” : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् ।

३१ औं मदन-आश्रति स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् ।

देशलाई यस्तो स्थितिमा पुर्याउनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भएको आरोप ओलीले लगाएको छ । कांग्रेस कर्तव्यविमुख भएको भन्दै ओलीले कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुढ, भोलि कहाँ जाने केही थाहा छैन जस्तै छ, आज देशलाई कसरी सही बाटोमा लैजाने हो त्यसमा सोच्न सक्ने अवस्थामा छैन ।’ वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको आरोपसमेत लगाए ।

यसको अर्थ एमाले एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने भएको उनले बताए । तर सत्ताको लागि मात्र कसैसँग नमिल्ने उनले बताए । जनताको लागि, सुशासनका लागि र विकासका लागि भने अरुसँग एमाले मिल्न सक्ने उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।