April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

केराको बोटबाट जुस, पातको टपरी र हस्तकला

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:१८
केराको बोटबाट जुस, पातको टपरी र हस्तकला

स्याङ्जा । कसैले चकटी, ढकिया, झोला, चप्पल र विभिन्न हस्तकलाका चिटिक्क परेका सामग्री बुनिरहेका छन् । कसैले डोरी बाटिरहेका छन् त कसैले डोरी बाट्ने फाइबर केलाइरहेका ।

कसैले केराका थाम, पात र डाँठ मिलाइरहेका छन् । महिला तथा किसानहरु आफ्नै हातबाट गाउँमै चिटिक्कका हस्तकलामा सामग्री बन्दा दंग छन् ।

यो दृष्य हो, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घाको । कालीगण्डकी गाउँपालिकाले पालिकाभरिका किसानबाट छनोट गरेर ३५ जनालाई यतिबेला केराका खेर जाने भागको प्रयोग गरेर उद्यम सिकाइरहेको छ । केराको बहुउपयोगी कार्यक्रम नेपालमै पहिलो भएको कालीगण्डकीको दाबी छ ।

कुरोको बुगोबाट अचारको स्वादमात्र लिएका उनीहरुले केराको फल काटेपछि खेर जाने थाम र पातबाट हस्तकलाका सामग्री पनि बन्छ भन्ने कल्पनै गरेका थिएनन् । उनीहरुले केराका बहुउपयोगितामात्रै जानकारी पाएनन्, आफ्नै हातले थरिथरीका सामग्री बनाउँदा नौलो महसुस गरिरहेका छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण लामिछानेका अनुसार केराको थामको भित्री भागबाट जुस पनि बनाउन सकिन्छ भन्ने थाहा पाउँदा धेरै किसान दंग छन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।