May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

ज्ञानेन्द्र बहादुर कार्कीले उल्टो शिलान्यास गरेका नयाँ सडकको निर्माण कार्य अन्ततः देवानंजबाट शुभारम्भ

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० 0९:२७
ज्ञानेन्द्र बहादुर कार्कीले उल्टो शिलान्यास गरेका नयाँ सडकको निर्माण कार्य अन्ततः देवानंजबाट शुभारम्भ

कोशी प्रदेश स्थित सुनसरीको देवानगंज इनरुवा जोडने नयाँ सडकको बुधवार एक कार्याक्रबीच राजगंज सिनुवारीबाट निर्माणकार्यको थालनी गरिएको छ ।

यसअघि नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास जर्वजस्ती इनरुवामा गरेका थिए ।

तर सडकको जिरो पोइन्टबाट निर्माणकार्यको थालनी हुनुपर्ने र शिलान्यास पनि देवानगंजमै हुनुपर्ने चौतर्फी अवाज उठेपछि पुर्वाधार विकास कार्यालय, बिराटनगरले बाध्य भएर बुधवार अर्को एक कार्यक्रमको आयोजना गर्दै देवानगंज ६ राजगंज सिनुवारीबाट निर्माण कार्यको शुभारभ्भ गराएको हो ।

उक्त नयाँ सडकको आजैदेखि निर्माणकार्य सुरु भएको छ भने स्थानीयले पनि हर्षित हुँदै साथ दिएका छन् । यसअघि कार्कीद्वारा भएको उल्टो शिलान्यासको कहानी पनि आजदेखि नै समाप्त भएको स्थानीयहरुले बताएका छन् ।

यसअघि कार्कीको शिलान्यास इच्छा पुरा गराउन सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर इनरुवा स्थित हनुमान चोकमा शिलान्यास गराइएको थियो । तर उक्त कार्यक्रममा क्षेत्र नम्बर २ का सबै प्रतिनिधिहरुले बहिष्कार गरेका थिए ।

कोशी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको पुर्वाधार विकास कार्यालय, बिराटनगर अन्तरगतको उक्त बहुवर्षे योजनाको १५ किलोमिटर ठेक्का लागेको हो ।

कार्यालयका प्रमुख शुसिल श्रेष्ठका अनुसार यो ठेक्काको कार्य ३ वर्षमा पुरा गर्नुपर्ने छ । जम्मा ३२ करोडको उक्त कार्य गर्न ठेकेदारले यस आर्थिक वर्षमा रु ५ कारोड पाउने छन् ।

निर्माणकार्यको शुभारम्भ गर्दै देवानगंजको पालिका अध्यक्ष बेचन प्रसाद मेहताले यो नयाँ सडकको निर्माणपछि दक्षिणीभेगको विकासमा मद्दत पुग्नेछ । कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का प्रदेश सांसद रामप्रसाद मेहताको समेत उपस्थिती रहेको थियो ।

सुनसरी दक्षिणीभेग अभियन्ता तथा देवानगंजका सचेत नागरिक अगुवा वीरेन्द्र केएमले यसअघि नै देवानगंजमै हुनुपर्ने शुभारम्भकार्य ढिलै भएपनि आजबाट निर्माणकार्य सुरु भएर दक्षिणीभेगको जीत भएको बताएका छन् ।

‘यो देवानगंजको जीत हो, अब देवानगंजका बासिन्दा सचेत भइसकेका छन् ।’ उनले भने -‘कुनै नेताले आफ्नो पावर लगाएर देवानगंजको आयोजनालाई जर्वजस्ती इनरुवामा शिलान्यास गराएपनि अन्ततः त्यो गलत ठहरिएको छ ।’

उक्त नयाँ सडक देवानगंज गाउँपालिकाको वडा नम्बर ६ अर्थात् रासीको चमैनिया पोखरीबाट सुरु भएको उक्त बाटो सोही पालिकाको इट्टाभाट्टा क्षेत्र हुँदै, गौतमपुर हुँदै, जल्पापुर ठूलो मदर्सा हुँदै, साबिक बबिया वडा ८ हुँदै, खत्वे टोल, यादव टोल, साहु टोल हुँदै, जयनारायण भुजा मिल हुँदै, रामजानकी मन्दिर हुँदै, कुसुम गाछी हुँदै हालको इनरुवा ६ मा रहेको शसस्त्र क्याम्प हुँदै हनुमान चौकबाट राजमार्गमा जेडिनेछ । यो पुरै एरिया सुनसरी २ हो र यसमा केहि मिटर मात्र सुनसरी ४ को क्षेत्र पर्छ । पुर्वाधार कार्यालयाका अनुसार यस बाटोको जिरो पोइन्ट देवानगंज ६ हो ।

यो बाटोको रेखाङ्गकन तत्कालीन संविधानसभा सदस्य सिताराम मेहता मार्फत भएको थियो । २०७२ सालमा मेहता भौतिक योजना राज्यमन्त्री भएपछि मन्त्रालयले उक्त बाटोको डिपिआर गराएको थियो ।

त्यसपछि लोसपा नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा शहरी मन्त्री बनेपछि उनका स्वकीय सचिव तथा सुनसरी इनरवाका बासिन्दा सनतोष मेहताले उक्त सडकलाई राष्ट्रिय योजनाको सडकसँग जेडाएका थिए ।

त्यसपछि उक्त योजना प्रदेश सरकार मातहतमा हस्तान्तरण भएको थियो । बहुबर्षे योजना अन्तरगत तत्कालिन प्रदेश सांसद राजीव कोइरालाको पहलमा यस आर्थिक वर्षबाट बजेट छुट्याईएको थियो ।

श्रोत: नागरिक टाइम्स

तस्विर सौजन्य : ब्रहम्देव मेहता 

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० 0९:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट