काठमाडौं । सुनसरीको धरान रोडस्थित सुविधा सम्पन्न पाँच तारे होटल सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा पाँचतारे होटल सोल्टी सञ्चालनमा ल्याइएको हो ।
दुई अर्ब लगानीमा बनेको होटल बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो होटल इटहरी चोकदेखि धरानतर्फ रहेको छ । यो होटल पूर्वकै पहिलो अत्याधुनिक होटल भएको सञ्चालकको दाबी छ ।
होटलमा ८० वटा कोठा, एकहजार अटाउन सक्ने पाँचवटा ब्याङ्क्वेट हल, तीनवटा रेस्टुरेन्ट, स्पा, साउना बाथलगायतको सुविधा छ । व्यवस्थापक यादव पाण्डेका अनुसार मोरङ सुनसरी क्षेत्रको पहिलो पाँचतारे होटलले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ ।
सातसयजना अटाउने हल, स्वीमिङ पूल, स्पालगायत लगायतले पर्यटकलाई लोभ्याउने उनको भनाइ छ । सोल्टीको पूर्वमा खुलेको पहिलो आउटलेट हो भने नेपालमा चौथो ।