May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाइलटको ६० वर्षे उमेर हद लागु हुने

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० ११:४६
पाइलटको ६० वर्षे उमेर हद लागु हुने

काठमाडौं । दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने दुर्घटना जाँच आयोगको सुरक्षा सिफारिस १ जनवरी २०२४ बाट कार्यान्वयनमा आउने भएको छ ।

यसअघि यो उमेर सबै भेग र गन्तव्यमा ६५ वर्ष रहेको छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटनाबारे छानविन गर्न सरकारले गठन गरेको जाँच आयोगले सानो धावनमार्ग भएका स्टल विमानस्थलमा जहाज उडाउने पाइलटको अधिकतम उमेर सीमा ६० वर्षमा झार्न सिफारिस गरेको थियो ।

सो सिफारिसको कार्यान्वयन गर्ने समय १ जनवरी २०२४ लाई तोकिएको प्राधिकरणको भनाइ छ ।
अहिले ६० वर्ष भन्दा माथिका पाइलटले आफ्नो मेडिकल रिपोर्ट रहेक ६-६ महिनामा प्राधिकरणमा बुझाउनु पर्छ । ५० देखि ६० वर्षका उमेरका पाइलटले १-१ वर्षमा यस्तो रिपोर्ट बुझाउनु पर्ने प्रावधान छ ।

प्रतिवेदन अनुसार मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजका पाइलटको उमेर ६२ वर्ष थियो । सो जहाजमा को-पाइलट कम अनुभवी भएका कारण सबै कमाण्ड पाइलटले लिएका थिए । सोहीकारण आपतकालीन अवस्थामा उचित निर्णय लिन नसकेको देखिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट