May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर

बाबुराम भट्टराईद्वारा गौर हत्याकाण्डबारे आत्मालोचना 

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० ११:१४
बाबुराम भट्टराईद्वारा गौर हत्याकाण्डबारे आत्मालोचना 
  • गौर हत्याकाण्डबारे केही गर्न नसकेकोमा डा. बाबुराम भट्टराईद्वारा आत्मालोचना 
  • २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्ड
  • आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न
  • सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ

काठमाडौं ।।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’

बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

यस सहमतिप्रति लक्षित गर्दै डा. भट्टराईले लेखेका छन्, ‘गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न ।’

गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले बताए । ‘स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन ।

यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृसंस हत्याकाण्ड थियो’ डा. भट्टराईले उल्लेख गरेका छन् ।

सरकारले १७ वर्षअघि भएको उक्त हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयनमा हुनेमा उनको आशंका छ । ‘तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? डा. भट्टराइको प्रश्न छ ।

यसको जवाफ भविष्यले बताउने पनि उनले उल्लेख गरेका छन् । उनी अगाडि लेख्छन्, ‘सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् । सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ ।’

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० ११:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।