May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

ट्विटरमा १४० सकेण्डको भिडियो मात्रै अपलोड गर्न पाउने

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १५:0९
ट्विटरमा १४० सकेण्डको भिडियो मात्रै अपलोड गर्न पाउने

काठमाडौं । एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेयता ट्विटरमा निरन्तर व्यापक परिवर्तन हुँदै आएको छ । यसबीच बिहीबार कम्पनीका मालिक मस्कले एक नयाँ फिचर थप गरेको घोषणा गरे । मस्कका अनुसार अब ट्विटरमा भेरिफाइड भएका अथवा ब्लू टिकमार्क पाएका प्रयोगर्ताले दुई घण्टा लामो (आठ जीबी) सम्मको भिडियो अपलोड गर्न पाउनेछन् ।

पैसा तिरेर मिल्ने ब्लू टिकमार्क भएका प्रयोगकर्तालाई यसअघि एक घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने फिचर उपलब्ध थियो ।
भेरिफाइड नभएका अरु प्रयोगकर्ताले भने १४० सेकेण्ड लामो भिडियोमात्रै अपलोड गर्न पाउनेछन् । मस्कले फिचर घोषणा गर्ने बित्तिकै केही प्रयोगकर्ताहरूले ट्विटरमा पाइरेटेड फिल्म अपलोड गरेका थिए । तर, केही समयपछि ट्विटरले उक्त भिडियो हटाएको थियो ।

ट्विटरको यो नयाँ फिचरले यसलाई युट्युब र फेसबुक जस्तै बनाउने संकेत गरेको छ । यद्यपि, अहिलेसम्म यसमा भिडियोका लागि छुट्टै ट्याब भने उपलब्ध भइसकेको छैन ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।