May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड

  • साझा परिवेश
  • शनिबार, जेष्ठ ६, २०८० १0:१४
परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित हाफ म्याराथन शुभारम्भ गर्दै उनले परिवर्तनको रक्षा गर्दै जनतालाई सेवा, सुशासन र विकास दिने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विगतमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिने विश्वास व्यक्त गर्दै  सोबारे गठबन्धनमा निरन्तर छलफल हुँदै आएको बताए।

उनले शीर्ष नेताहरुबीचको छलफल संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र  गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको बताए।

साथै आफ्नो आगामी भारत भ्रमण देशको लागि ऐतिहासिक हुने पनि उनले बताए।

 

प्रधानमन्त्री प्रचण्डले सरकार खेलकूदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको पनि बताए।

‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ। त्यसमा खेलकूदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा छ,’ प्रधानमन्त्रीले भने।

  • साझा परिवेश
  • शनिबार, जेष्ठ ६, २०८० १0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।