sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कालीकोटमा खाद्यान्न अभाव

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० ११:३0
कालीकोटमा खाद्यान्न अभाव

कालीकोट । कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ ।

सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको छ ।

दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री  हुने कालीकोटमा तोकिएको समयमा चामल ढुवानी नहुँदा खाद्यान्नको चरम अभाव भएको कार्यालय जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा प्रमुख कमलराल पाण्डेले नेपालगन्ज र बर्दियादेखि आउने चामल समयमै नआउँदा कालीकोट जिल्लामा खाद्यान्नको अभाव भएको बताउनुभयो । सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुँदा कालीकोटमा खाद्य अभाव भएको प्रमुख पाण्डेको भनाइ छ ।

कुनै बेला सरकारले अनुदानमा दिने खाद्य लुछाचुडी हुने भए पनि अन्य समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कम बिक्री  हुने गरेको थियो । पछिल्लो समयमा बजार मूल्य बढेका कारणले सरकारी अनुदानको चामल बढी बिक्री  हुने गरेको छ । सरकारले तोकेको कोटाभित्रको नौ हजार क्विन्टल चामल खपत भइसकेको छ ।

कालीकोट डिपोले यस वर्षका लागि १२ हजार क्विन्टल चामल माग गरेको थियो । नौ हजार सकिएको र अब तीन हजार क्विन्टल चामल आउन बाँकी छ ।

किसानले असार लगाउन र कामको सिजनमा खाद्य मौज्दात गर्ने समय यति बेला भएको भए पनि गोदाममा चामल नहुँदा खाली फर्किने गरेका छन् । अहिले जसोतसोे गोदाममा जम्मा तीन सय क्विन्टल मध्यम खालको अरुवा चामल मात्र छ ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटले गरेको सर्वेक्षणमा जिल्लामा खडेरी, सिँचाइको अभाव, खाने बानीमा सुधार नहुनुलगायतका समस्याले खाद्य असुरक्षा बढ्दै गएको देखिन्छ । खाद्य असुक्षित कालीकोटमा ४० प्रतिशत मानिस छ महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने छन् । कृषिमा आत्मनिर्भर हुन नसक्दा ५५ प्रतिशत मानिसको उमेर अनुसार उचाइ र तौल नभएको स्वास्थ्य सर्वेक्षणले देखाउँछ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid