April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

‘सीमान्त गुरु’ भरत भट्टराईको यस्तो धन्दा

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:५६
‘सीमान्त गुरु’ भरत भट्टराईको यस्तो धन्दा

काठमाडौं । ‘सीमान्त गुरु’ भनिने भरत भट्टराईको यो कस्तो धन्दा हो । आँखामा हेरेर जस्तोसुकै रोग निको पार्ने भन्दै उपचारको नाममा ठगी धन्दा चलाउँदै आएका ‘सीमान्त गुरु’ काठमाडौं फर्किएका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित सूर्यकिरण टोलमा रहेको अलौकिक सीमान्त गुरु मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालिमार्फत् ठगी धन्दालाई निरन्तरता दिने योजनामा उनी काठमाडौं भित्रिएको स्रोतले बताएको छ ।

उक्त केन्द्रमा बसेर भट्टराईले टिकटक लाइभ र भिडियो कलमार्फत् सर्वसाधारणलाई रोग निको हुने भन्दै भ्रम फैलाउने कामलाई निरन्तरता दिइरहेका छन् । “गुरु अहिले टिकटक लाइभ र भिडियोबाट मात्रै परामर्श दिइरहनुभएको छ, व्यवस्थित गरेर केही दिनपछि बिरामीलाई बोलाउँछौँ” उनका सहयोगीले भने ।

यता, तारकेश्वर नगरपालिका वडा नम्बर ७ ले भट्टराईको गलत कामबारे गुनासो आएपछि ज्योतिष केन्द्र बन्द गराउन पहल थालेको छ । “यही वडामा उनीजस्तै माता गुरुजस्ता नाममा अरु ठगी कार्य पनि भइरहेको बुझेका छौँ । हामीले प्रहरी र स्थानीयको सहयोगमा उनको व्यवसाय बन्द गर्न पहल गरिरहेका छौँ,” वडा सचिव हरिकृष्ण अर्यालले भने ।

यसअघि स्थानीयसँग पैसा लिएर उपचार गर्ने भन्दै तुलसीपुर उपमहानगर वडा नम्बर ६ स्थित त्रिशिद्धेश्वरी मन्दिर पुगेका भट्टराईलाई जिल्ला प्रशासनले कार्यक्रम गर्न रोक लगाएको थियो । भट्टराईलाई तुलसीपुरकै उद्योगीको टिमले त्यहाँ पुर्याएको थियो । जेठ ७ गते आइतबार उक्त मन्दिरमा दाङबासीलाई भेट्ने कार्यक्रम राखेकोमा उनलाई भेट्न हजारौँ स्थानीयको भीड लागे पनि केही स्थानीयले भने उनको विरोध गरेपछि कार्यक्रम नगरी उनलाई भगाइएको थियो ।

१२ गते काठमाडौं फर्किने योजना बनाएर दाङ गएका भट्टराई त्यहाँबाट लखेटिएपछि भने काठमाडौं आएर लुकेर बसेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट