sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:१0
छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

कपिलवस्तु  । माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ । आधारभूत तह उत्तीर्ण हुनु भएका दुई सय ८० छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन स्वरूप साइकल उपहार दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ । पालिकाले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरी छात्राहरूको विद्यालय छाड्ने दर शून्यमा झार्ने अभियान चलाएको छ । आधारभूत तह अध्ययन पछि छात्राहरूले विद्यालय टाढा भएर छोड्ने, घरायसी काममा व्यस्त हुँदा माध्यमिक र उच्च शिक्षा अध्ययन नगर्ने प्रचलन रहेकोले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको थापाले बताउनु भयो ।

प्रदेश सरकार र विजय नगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । यसै गरी ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीले घरायसी काम मात्र सीमित नभएर उच्च शिक्षा र रोजगारीको अवसर समेत हासिल गर्न सक्ने वातावरण सिर्जना गर्न अवसर दिएको बताउनु भयो । ग्रामीण क्षेत्रका अभिभावकहरूले छात्राहरूलाई शिक्षामा लगानी गर्न चासो नदिने हुँदा पालिकाले योजना बनाई लागु गरेको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनु भयो ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid