May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सुनकोसीमा बेपत्तालाई खोज्न गोताखोर परिचालन

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:५४
सुनकोसीमा बेपत्तालाई खोज्न गोताखोर परिचालन

काठमाडौं । गाडी खसेर सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिने भएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानीयको सहयोगमा खोजी गरिरहेका छन् ।

खोजी कार्यका लागि गोताखोर पनि बोलाइएको छ । उनीहरू अहिले भकुन्डेबेँसी पुगेको डीएसपी दाहालले बताए । शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको थियो ।

गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ । प्रहरीका अनुसार गाडीका चालक पौडिएर बाँच्न सफल भएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।