May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १६:३५
टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

काठमाडौँ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार रोहित शर्माको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । प्रभावशाली खेलाडी विराट कोहलीलाई पनि विश्वकप टोलीमा समावेश गरिएको छ । यसअघि कोहलीको विषयमा बीसीसीआई अन्यौलमा थियो ।

भारतीय टोलीमा यशस्वी जैसवाल, सूर्यकुमार यादब, ऋषभ पन्त र सन्जु सामसनले पनि स्थान पाएका छन् । सन्जु सामसन र ऋषभ पन्तले जारी इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका कारण विश्वकप टोलीमा स्थान पाएका हुन् ।

विश्वकपका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादब, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादब, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

टोलीमा शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेश खानलाई रिजर्व खेलाडीका रुपमा स्थान दिइएको छ । आगामी विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । उक्त समूहमा पाकिस्तान, क्यानडा, आयरल्यान्ड र आयोजक अमेरिका रहेको छ । भारतले पहिलो खेल जुन ५ तारिखमा आयरल्यान्डसँग खेल्ने छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट