May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

जग्गा सट्टापट्टाको कुरामा सरकारले आफूलाई उदाङ्दो पार्यो : सूर्यनाथ उपाध्याय

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:४0
जग्गा सट्टापट्टाको कुरामा सरकारले आफूलाई उदाङ्दो पार्यो : सूर्यनाथ उपाध्याय

काठमाडौं । जलस्रोतविद् सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा सम्झौता गरिएको फुकोट–कर्णाली जलविद्युत आयोजनामा राष्ट्रघात भएको बताएका छन् । उनले नेपालको लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्रको मिचिएको भूभागबारे पनि प्रधानमन्त्रीले नेपालको रणनीति सार्वजनिक गरेर राष्ट्रहित प्रतिकूल व्यवहार गरेको पनि बताए । पूर्वजलस्रोत सचिव उपाध्याय नेपाल-भारत विज्ञ समूह (ईपीजी)मा बसेर काम गरिसकेका विज्ञ हुन् । उनी अन्तर्राष्ट्रिय कानूनका ज्ञाता हुन् । विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भएर काम गरिसकेका उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको हितमा काम हुन नसकेको बताए ।

प्रधानमन्त्री स्वदेश फर्किएको एक दिनपछि “बिग्रिएको कहाँनिर छ भने फुकोट-कर्णालीमा भारतलाईसमेत समावेश गरेर सम्झौता गर्ने भनिएको छ । त्यसमा भारतले पैसा हाल्ने, हामीले पनि पैसा त हाल्नु पर्यो । हाम्रो रिसोर्स साझा होइन नि ! त्यो नदी केवल हाम्रो हो ।” प्रधानमन्त्री दाहालले कर्णाली नदी नेपाल र भारतको साझा नदी हो भनेजसरी भारतसमक्ष प्रस्तुत भएको उनले बताए ।

“तल्लो अरुणमा उसैले पैसा हालेर बनाएको आयोजनामा २१ प्रतिशत बिजुली नेपाललाई निःशुल्क दिएको छ । १५ वर्षपछि त्यो हाम्रो आधा हुन्छ । ३५ वर्षपछि पूरै हाम्रो हुन्छ,” उपाध्यायले भने, “यहाँ फुकोट कर्णालीमा के भयो भने हाम्रो र उसको बराबरी भयो । नदी उसको पनि हो भनेजस्तो भयो । हाम्रो स्रोतलाई सित्तैमा भारतलाई दिने काम भयो । हामीले त्यसबापत के पायौँ ? केही पनि पाएनौँ ।

त्यसकारण यो बहुत् ठूलो गल्ती भएको छ । यस्तै कुरा अन्त पनि दोहोरियो भने देश खत्तम हुन्छ ।” भारतीय लगानीमा निर्माण हुन लागेको तल्लो अरुण जलविद्युत आयोजनामा भारतले पैसा हालेर बनाउँदा नेपाललाई सित्तैमा २१ प्रतिशत दिने भन्ने सम्झौता भएको बताउँदै उनले भने, “त्यसबाहेक पानीको रोयल्टी पनि दिनुपर्छ । त्यो पनि बढ्दै जान्छ । त्यो मोडेलमा हामीले बढी पाउँछौँ ।” विज्ञ समूहको रिपोर्ट (ईपीजी) को प्रतिवेदन बुझ्ने विषयमा कुरै गर्न नसकेकोमा पनि उपाध्यायले असन्तुष्टि व्यक्त गरे ।

“नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भारतबाट मिचिएको नेपाली भूमिबारे पनि प्रधानमन्त्रीले कुरा उठाउनुभएन,” उनले भने, “भारत भ्रमण अत्यन्त उपलब्धिपूर्ण भनेर बढ्ता प्रचारबाजी गर्ने तर भारतसमक्ष लम्पसार परेर नै आउने काम भयो ।” कालापानीको सडक भारतलाई दिएको सट्टा नेपाललाई बंगलादेश जोड्ने ‘रूट’ लिएर सहमतिमा पुग्न सकिने विकल्प आफ्नो ‘रिपोर्ट’मा पनि उल्लेख गरेको बताउँदै उपाध्यायले भने, “प्रधानमन्त्रीले भनेका छन्बं-गलादेशको करिडोर नेपालले लिने र लिपुलेकको रुट भारतलाई दिने भन्ने छ । त्यो अन्त्यमा सहमतिको बिन्दु हुनसक्छ तर यति छिटै भनिहाल्ने विषय होइन । त्यो नेगोसियटिङ टीमको ‘स्किल’ हो । अब हाम्रो त्यो ‘स्किल’ केही बाँकी रहेन । अहिले नै उदाङ्गो भयो ।”

“भोलिपर्सी हामीले त्यही भन्थ्यौँ होला तर अहिले नै भनिहाल्ने र हतारमा सबै चिज खोलेर देखाइदिनु त भएन नि ! त्यो ठूलो गल्ती हो । त्यो विकल्प मेरो रिपोर्टमा पनि लेखेको छु-सट्टापट्टा गर्न सकिन्छ भनेर,” उनले भने, “त्यो नेगोसिएसनको बेलामा भन्ने कुरा हो, त्यो अहिले हलुका किसिमले भन्ने कुरा होइन, पहिला त ऊ तयार हुनुपर्यो ! अहिले ऊ कालापानीको सीमा समस्याबारे छलफल गर्नै तयार भएको छैन ।”

लिम्पियाधुरा–लिपुलेक–कालापानीको नेपाली भूमि भारतले मिचेको भन्ने विषयमा राष्ट्रिय सहमति भइसकेको बताउँदै उपाध्यायले भने, “प्रधानमन्त्री दाहालले फेरि राष्ट्रिय सहमति खोज्नुपर्ने कुरालाई एक्लै गएर भन्ने हो ? एउटाले कालापानी क्षेत्र हाम्रो हो भनेर राष्ट्रिय सहमति खोज्ने, अर्कोले खुरुक्क भारत गएर अर्को थोक भनेर आउने ? त्यसो भन्न मिल्छ ?,” उनले भने, “सबै पार्टी उसको हो ? अरु पार्टीको विचार छैन ? त्यो वाहियात कुरा गरे ।”

भारतसँगको नेपालको तत्कालीन स्वार्थका रूपमा हवाइ रूटको विषय भएको र त्यसमा पनि प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उपलब्धि नभएको बताए । “हामीलाई जुन हवाई रुटको दिनुपर्ने जुन कुरा छ, त्यो

दिनुप¥यो   नि ! यहाँ पनि लोअर अल्टिच्युडको मात्र दियो, माथिबाट आउने दिएन,” उनले भने, “तत्कालका लागि भैरहवा सबैभन्दा महत्वपूर्ण हो । त्यहाँ हाम्रो संरचना बनिसक्यो । पोखराको खुलेकै छैन । पोखराको पनि दिनुपर्यो नि त ? त्यस्तो कुरा गर्दैनन् ? मैले निकै गरेजस्तो वाहियात प्रचारवाजी गर्नुको अर्थ छैन ।”

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।