sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जग्गा सट्टापट्टाको कुरामा सरकारले आफूलाई उदाङ्दो पार्यो : सूर्यनाथ उपाध्याय

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:४0
जग्गा सट्टापट्टाको कुरामा सरकारले आफूलाई उदाङ्दो पार्यो : सूर्यनाथ उपाध्याय

काठमाडौं । जलस्रोतविद् सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा सम्झौता गरिएको फुकोट–कर्णाली जलविद्युत आयोजनामा राष्ट्रघात भएको बताएका छन् । उनले नेपालको लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्रको मिचिएको भूभागबारे पनि प्रधानमन्त्रीले नेपालको रणनीति सार्वजनिक गरेर राष्ट्रहित प्रतिकूल व्यवहार गरेको पनि बताए । पूर्वजलस्रोत सचिव उपाध्याय नेपाल-भारत विज्ञ समूह (ईपीजी)मा बसेर काम गरिसकेका विज्ञ हुन् । उनी अन्तर्राष्ट्रिय कानूनका ज्ञाता हुन् । विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भएर काम गरिसकेका उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको हितमा काम हुन नसकेको बताए ।

प्रधानमन्त्री स्वदेश फर्किएको एक दिनपछि “बिग्रिएको कहाँनिर छ भने फुकोट-कर्णालीमा भारतलाईसमेत समावेश गरेर सम्झौता गर्ने भनिएको छ । त्यसमा भारतले पैसा हाल्ने, हामीले पनि पैसा त हाल्नु पर्यो । हाम्रो रिसोर्स साझा होइन नि ! त्यो नदी केवल हाम्रो हो ।” प्रधानमन्त्री दाहालले कर्णाली नदी नेपाल र भारतको साझा नदी हो भनेजसरी भारतसमक्ष प्रस्तुत भएको उनले बताए ।

“तल्लो अरुणमा उसैले पैसा हालेर बनाएको आयोजनामा २१ प्रतिशत बिजुली नेपाललाई निःशुल्क दिएको छ । १५ वर्षपछि त्यो हाम्रो आधा हुन्छ । ३५ वर्षपछि पूरै हाम्रो हुन्छ,” उपाध्यायले भने, “यहाँ फुकोट कर्णालीमा के भयो भने हाम्रो र उसको बराबरी भयो । नदी उसको पनि हो भनेजस्तो भयो । हाम्रो स्रोतलाई सित्तैमा भारतलाई दिने काम भयो । हामीले त्यसबापत के पायौँ ? केही पनि पाएनौँ ।

त्यसकारण यो बहुत् ठूलो गल्ती भएको छ । यस्तै कुरा अन्त पनि दोहोरियो भने देश खत्तम हुन्छ ।” भारतीय लगानीमा निर्माण हुन लागेको तल्लो अरुण जलविद्युत आयोजनामा भारतले पैसा हालेर बनाउँदा नेपाललाई सित्तैमा २१ प्रतिशत दिने भन्ने सम्झौता भएको बताउँदै उनले भने, “त्यसबाहेक पानीको रोयल्टी पनि दिनुपर्छ । त्यो पनि बढ्दै जान्छ । त्यो मोडेलमा हामीले बढी पाउँछौँ ।” विज्ञ समूहको रिपोर्ट (ईपीजी) को प्रतिवेदन बुझ्ने विषयमा कुरै गर्न नसकेकोमा पनि उपाध्यायले असन्तुष्टि व्यक्त गरे ।

“नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भारतबाट मिचिएको नेपाली भूमिबारे पनि प्रधानमन्त्रीले कुरा उठाउनुभएन,” उनले भने, “भारत भ्रमण अत्यन्त उपलब्धिपूर्ण भनेर बढ्ता प्रचारबाजी गर्ने तर भारतसमक्ष लम्पसार परेर नै आउने काम भयो ।” कालापानीको सडक भारतलाई दिएको सट्टा नेपाललाई बंगलादेश जोड्ने ‘रूट’ लिएर सहमतिमा पुग्न सकिने विकल्प आफ्नो ‘रिपोर्ट’मा पनि उल्लेख गरेको बताउँदै उपाध्यायले भने, “प्रधानमन्त्रीले भनेका छन्बं-गलादेशको करिडोर नेपालले लिने र लिपुलेकको रुट भारतलाई दिने भन्ने छ । त्यो अन्त्यमा सहमतिको बिन्दु हुनसक्छ तर यति छिटै भनिहाल्ने विषय होइन । त्यो नेगोसियटिङ टीमको ‘स्किल’ हो । अब हाम्रो त्यो ‘स्किल’ केही बाँकी रहेन । अहिले नै उदाङ्गो भयो ।”

“भोलिपर्सी हामीले त्यही भन्थ्यौँ होला तर अहिले नै भनिहाल्ने र हतारमा सबै चिज खोलेर देखाइदिनु त भएन नि ! त्यो ठूलो गल्ती हो । त्यो विकल्प मेरो रिपोर्टमा पनि लेखेको छु-सट्टापट्टा गर्न सकिन्छ भनेर,” उनले भने, “त्यो नेगोसिएसनको बेलामा भन्ने कुरा हो, त्यो अहिले हलुका किसिमले भन्ने कुरा होइन, पहिला त ऊ तयार हुनुपर्यो ! अहिले ऊ कालापानीको सीमा समस्याबारे छलफल गर्नै तयार भएको छैन ।”

लिम्पियाधुरा–लिपुलेक–कालापानीको नेपाली भूमि भारतले मिचेको भन्ने विषयमा राष्ट्रिय सहमति भइसकेको बताउँदै उपाध्यायले भने, “प्रधानमन्त्री दाहालले फेरि राष्ट्रिय सहमति खोज्नुपर्ने कुरालाई एक्लै गएर भन्ने हो ? एउटाले कालापानी क्षेत्र हाम्रो हो भनेर राष्ट्रिय सहमति खोज्ने, अर्कोले खुरुक्क भारत गएर अर्को थोक भनेर आउने ? त्यसो भन्न मिल्छ ?,” उनले भने, “सबै पार्टी उसको हो ? अरु पार्टीको विचार छैन ? त्यो वाहियात कुरा गरे ।”

भारतसँगको नेपालको तत्कालीन स्वार्थका रूपमा हवाइ रूटको विषय भएको र त्यसमा पनि प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उपलब्धि नभएको बताए । “हामीलाई जुन हवाई रुटको दिनुपर्ने जुन कुरा छ, त्यो

दिनुप¥यो   नि ! यहाँ पनि लोअर अल्टिच्युडको मात्र दियो, माथिबाट आउने दिएन,” उनले भने, “तत्कालका लागि भैरहवा सबैभन्दा महत्वपूर्ण हो । त्यहाँ हाम्रो संरचना बनिसक्यो । पोखराको खुलेकै छैन । पोखराको पनि दिनुपर्यो नि त ? त्यस्तो कुरा गर्दैनन् ? मैले निकै गरेजस्तो वाहियात प्रचारवाजी गर्नुको अर्थ छैन ।”

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid