April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

एनसेलको मुद्दामा नेपाल सरकारको जित

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:१८
एनसेलको मुद्दामा नेपाल सरकारको जित

काठमाडौं ।।

एनसेलले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा फैसला आएको छ । एनसेलको सेयर खरिद-बिक्रीमा पुँजीगत लाभकरमा लगाएको विषयमा असन्तुष्टि जनाउँदै विश्व बैंकअन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा मुद्दा दायर गरिएको थियो । एनसेलले हालेको सो मुद्दा नेपाल सरकारले जितेको हो । गएको शुक्रबार आईसीएसआईडीले नेपाल सरकारको पक्षमा फैसला सुनाएको हो ।

एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको स्वीडेनको टेलियासोनेराले मलेसियाको एक्जियटालाई कम्पनी बिक्री गर्ने क्रममा लाभकर विवाद भएको थियो । टेलिया लाभकर नतिरी बाहिरिएको थियो । टेलिया बाहिरिए पनि दायित्व एनसेलको हुने भन्दै सरकारले लाभकर लगाएको थियो । एनसेलले २१ अर्ब ५४ करोड रुपैयाँ लाभकर तिरेको थियो । सरकारको पक्षमा फैसला नआएको भए एक खर्ब रुपैयाँ हाराहारीको रकम एनसेललाई बुझाउनुपर्ने हुन्थ्यो ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।