काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित राप्रपा र रास्वपाका सांसदले विरोध जनाएका छन् । आफ्नो आसनबाट उठेर उनीहरूले विरोध जनाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुमै सम्बोधन गर्ने र संसद् बैठक सञ्चालन गर्ने सहमति भए पनि एमालेसहितका दलले विरोध जनाएर सुरुमा आफ्ना भनाइ राख्न लागेका हुन् । सभामुख देवराज घिमिरेले एमालेका सचिव समेत रहेका योगेश भट्टराईलाई सुरुमा समय दिएका छन् ।