sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बामदेव गौतम : विदेशी खाद्यवस्तु प्रतिबन्ध गरेमा, प्रतिवर्ष १० लाख रोजगारी हुने

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १५:३२
बामदेव गौतम :  विदेशी खाद्यवस्तु प्रतिबन्ध गरेमा, प्रतिवर्ष १० लाख रोजगारी हुने

काठमाडौं ।।

राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ’ गौतमले भने ।

नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको भन्दै गौतमले यदि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने बताए ।

कृषिलाई लगातार ५ वर्षसम्म पहिलो प्राथमिकतामा राखेर काम गर्दा ३० लाख भन्दा बढीले रोजगारी पाउने र अर्को ५ वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने गौतमले दाबी गरे । तर सरकारले कृषिलाई प्राथमकिता नदिएको, कृषि उपजको राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित गर्न नसकेको भन्दै उनले चलनचल्तीमै रुमल्लिएको टिप्पणी गरे ।

कृषि उत्पादन बढाउन कृषिभूमिको चक्लाबन्दी गर्न सुझाव दिएका गौतमले २६ लाख हेक्टर कृषि भूमि कित्ताकाटका कारण ४ करोड टुक्रामा विभाजित भएको सरकारले अझै धेरै टुक्रा बनाउने नीति लिएको भन्दै कित्ताकाट खुला गर्ने नीतिको आलोचना गरे । ‘यो ९९ प्रतिशत नेपालीलाई गरिब र १ प्रतिशत मुठ्ठीभर व्यक्तिलाई अकुत सम्पत्ति कमाउने संरचना बनेको छ’ उनले भने ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid