May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

बामदेव गौतम : विदेशी खाद्यवस्तु प्रतिबन्ध गरेमा, प्रतिवर्ष १० लाख रोजगारी हुने

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १५:३२
बामदेव गौतम :  विदेशी खाद्यवस्तु प्रतिबन्ध गरेमा, प्रतिवर्ष १० लाख रोजगारी हुने

काठमाडौं ।।

राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै बुधबार गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ’ गौतमले भने ।

नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको भन्दै गौतमले यदि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने बताए ।

कृषिलाई लगातार ५ वर्षसम्म पहिलो प्राथमिकतामा राखेर काम गर्दा ३० लाख भन्दा बढीले रोजगारी पाउने र अर्को ५ वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने गौतमले दाबी गरे । तर सरकारले कृषिलाई प्राथमकिता नदिएको, कृषि उपजको राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित गर्न नसकेको भन्दै उनले चलनचल्तीमै रुमल्लिएको टिप्पणी गरे ।

कृषि उत्पादन बढाउन कृषिभूमिको चक्लाबन्दी गर्न सुझाव दिएका गौतमले २६ लाख हेक्टर कृषि भूमि कित्ताकाटका कारण ४ करोड टुक्रामा विभाजित भएको सरकारले अझै धेरै टुक्रा बनाउने नीति लिएको भन्दै कित्ताकाट खुला गर्ने नीतिको आलोचना गरे । ‘यो ९९ प्रतिशत नेपालीलाई गरिब र १ प्रतिशत मुठ्ठीभर व्यक्तिलाई अकुत सम्पत्ति कमाउने संरचना बनेको छ’ उनले भने ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट