May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सीके राउतलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तयार

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १७:0१
सीके राउतलाई  सरकारमा सहभागी गराउन प्रधानमन्त्री तयार

काठमाडौं ।।

जनमत पार्टी फेरि सरकारमा जाने भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा सहभागी हुन तयार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएका थिए । त्यसपछि दाहालले अध्यक्ष राउत स्वयमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।राउतले भने पार्टीमा छलफल गरिनसकेको र पोर्टफोलियोको विषय पनि आफ्ना लागि महत्त्वपूर्ण हुने भन्दै बचन दिइसकेका छैनन् । तर, सरकारमा सहभागी हुने विषयमा भने जनमत तयार भएर बसेको छ ।

“हाम्रो पार्टी सरकारमा सहभागी हुने विषयमा त फरक मत छैन । एक मतले विगतमा गरेका निर्णय नै अझै पनि कायम छ,” जनमत पार्टीका प्रवक्ता इन्जिनियर हरेन्द्र चौधरीले भने, “त्यसैले हामीले विगतमा दिएको समर्थन फिर्ता लिएका छैनौँ ।” उनले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग कुराकानी भइरहेको बताए । तर, अध्यक्ष नै सरकारमा सहभागी हुने भन्ने टुंगो भने लागिनसकेको उनको भनाई छ  “अध्यक्षज्यूले सरकारमा म जान्न अरुलाई पठाउँछु भन्नुभएको छ । त्यसैले उहाँ सरकारमा जानुहुन्न,” चौधरीले भने, “तर, हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ । को मन्त्री हुने भन्ने विषय सहमति भइसकेपछि मन्त्रालय हेरेर पर्टीले गर्छ ।”

प्रधानमन्त्रीको सचिवालयका अनुसार पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा कुराकानी भइरहेको छ । तर, बाहिर आएजस्तो मन्त्रालय नै टुंगिइसकेको भन्ने कुरा भने सत्य नभएको उनको भनाई छ । “सरकार बाहिर भएकाहरुलाई सरकारमा आउन चाहँदा स्वागत गर्ने घोषित नीति नै हो । रवि लामिछाने, सीके राउत जो सरकारमा सहभागी हुन चाहनुहुन्छ उहाँहरुलाई स्वागत गर्ने नीति हो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बाह्रखरीसँग भने, “अहिले जनमतले सरकारमा सहभागी हुन्छु भनेको छ । तर,मन्त्रालय नै टुंगो लागिसकेको अवस्था छैन ।”

उनले बाहिर आएजस्तो सीके राउत सरकारमा सहभागी हुने र पर्यटन मन्त्रालय लिने भन्ने तहको सहमति भने नभएको बताए । “उहाँहरुले सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ । तर, कुन मत्रालय लिने र सरकारमा त्यो पार्टीबाट को सहभागी हुने भन्ने टुंगो लागिसकेको अवस्था होइन,” आचार्यले भने, “सहमति भइसकेपछि आवश्यक निर्णय त प्रधानमन्त्रीले गर्नुहुनेछ ।” कतिपयले पर्यटनमन्त्री सुदन किराँतीलाई फिर्ता बोलाएर राउतलाई नै सहभागी गराउने तयारी रहेको बताए पनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

“सीकेजी आफैँ सरकारमा सहभागी हुने निर्णय लिएर आउनुभयो भने प्रधानमन्त्रीले सहमतिमा जुनसुकै मन्त्रालय खाली गर्न सक्नुहुन्छ, किनभने त्यो उहाँको अधिकार नै हो,” स्रोतले भन्यो, “तर, सीकेजीले निर्णय गरिनसकेकाले अहिले नै फलानो मन्त्रालय खाली हुँदैछ भन्ने अवस्था बनेको छैन ।” प्रधानमन्त्री दाहाल आफ्नै पार्टीबाट पर्यटन मन्त्री बनाइएका सुदन किराँतीको कामकारवाहीबाट सन्तुष्ट नरहेको स्रोतले बताएको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।