May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

  • साझा परिवेश
  • शनिबार, जेष्ठ २७, २०८० १२:१९
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

काठमाडौँ । नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । गृह मन्त्रालय दिएको तथ्यांकअनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेका हुन् ।

जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् ।

कूल उजुरीमध्ये १३९ वटा छलफलमा रहेका छन् भने १२६ वटा मिलापत्र भएका छन् । धनुषा र सप्तरीमा २ जनाविरुद्ध मुद्दा दर्ता पनि गरिएको छ । यस्तै, ३ जना पुरुष र ४ जना महिला पक्राउ पनि परको छन् । अझै १५ हजार ९६१ मुद्दा फर्स्योट हुन बाँकी रहेको छ ।

सरकारले गत वैशाख १७ गते आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरेको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना गरेका थिए । आयोगको अध्यक्षमा विशेष अदालतका पूर्व न्यायाधीश गौरी बहादुर कार्की र सदस्यद्वयमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेश बहादुर अर्याल रहेका छन्।

meter

  • साझा परिवेश
  • शनिबार, जेष्ठ २७, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।