April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

देउवाले नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १४:४९
देउवाले नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा

विराटनगर ।।

  • कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न उपयुक्त हुने बताए
  • ‘नेपाली कांग्रसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो, उहाँको ठूलो योगदान छ, उहाँप्रति हामी आभारी छौं,’
  • अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताए
  • प्रधानमन्त्रीका रुपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो,
  • शेखर कोइरालासँगको सम्बन्धबारे कुनै शंका नगर्न पनि आग्रह गरे

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न उपयुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने बताएका हुन् ।

‘नेपाली कांग्रसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो, उहाँको ठूलो योगदान छ, उहाँप्रति हामी आभारी छौं,’ महामन्त्री थापाले भने, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ, जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनु भो, त्यहाँ हामी जोसुकै हौंला, कसैले पार्टी नेतृत्व गर्ने अवस्था आयो भने उहाँको (देउवा) हितमा छ पार्टीको हितमा पनि छ ।’

उनले नेतृत्व हस्तान्तरण र प्रधानमन्त्री हुने विषयमा देउवाले मार्ग प्रशस्त गर्दा पार्टी र देउवाको हितमा हुने दाबी गरे । ‘यो बिचको समयमा यी कुरा होस् भन्ने म चाहन्छु,’ उनले भने, ‘आफ्नो चाहनालाई व्यवहारमा परिणत गर्न प्रयत्न पनि गर्छु ।’

उनले अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताए । ‘यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एकपटक सरकार त बन्छ, प्रधानमन्त्रीका रुपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो,’ उनले भने, ‘यो पाँचपटक प्रधानमन्त्री हुँदा देशका लागि, जनताका लागि थुप्रै काम भएका छन्, अब नेपाली कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।’ नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेका कारण देउवाको विकल्पमा नयाँ अनुहार प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

उनले नेता शेखर कोइरालासँगको सम्बन्धबारे कुनै शंका नगर्न पनि आग्रह गरे ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट