sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० 0८:५१
बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहिबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको एक सय २० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गर्नुभएको छ ।

उहाँले आठ हजार आठ सय ४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण गर्नुभएको छ । आदर्श मावि इँटाभट्टाको प्राङ्गणमा भएको सो प्रदर्शनीमा जातजातिको मौलिक पहिरन लगाएका एक सय ५६ जनाले ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीतमा सामूहिक नृत्य गरेका थिए ।छ

नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान दिलाउने बुद्ध र सगरमाथालाई उपयोगी कलामार्फत विश्वभर प्रचार गर्न प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमका संयोजक एवं कलाकर्मी लामाले बताउनुभयो ।

उहाँले शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको विषयमा विश्वमञ्चमा प्रचार अझै आवश्यक रहेको जनाउँदै सगरमाथाको उचाइलाई मदिराको नाममा प्रयोग गरिएकामा आपत्ति प्रकट गर्नुभयो । मदिराको नाम ८,८४८ राखिएकामा साङ्केतिक विरोध जनाउँदै आठ हजार आठ सय ४८ वर्ग इञ्चको बुद्ध चित्र प्रदर्शन गरिएको उहाँको भनाइ थियो ।

उपयोगी चित्रकला विधाअन्तर्गत कोरिएको एक सय २० फिट लामो चित्र बोकेर मेचीनगरका सयौँ विद्यार्थी र कलाप्रेमीको र्यालीले स्थानीय बजार परिक्रमा गरेको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशीले नेपाललाई विश्वव्यापीरूपमा चिनाउन कलाकार लामाले गरेको प्रयास प्रशंसायोग्य भएको बताउनुभयो ।

कलाकर्मी लामाले प्रदर्शनीमा राखिएको बुद्ध चित्र र उपयोगी कलालाई बुद्ध जन्मस्थल लुम्बिनीमा पुर्याएर प्रदर्शनी गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid