May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ

सुरक्षा संयमता अपनाएर ‘आदिपुरुष’ प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १३:३५
सुरक्षा संयमता अपनाएर ‘आदिपुरुष’ प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

काठमाडौं । अन्ततः अन्योल र विवादसँगै नेपाली हलहरुले मध्यान्हदेखि दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन थालेका छन् । सुरक्षा त्रासको कारण देखाउँदै शुक्रबार बिहानको प्रदर्शन रोकेका हलहरुले दिउँसोदेखि प्रदर्शन थालेका हुन् ।

फिल्म प्रदर्शनबारे निर्णय लिन शुक्रबार बिहान बसेको चलचित्र संघको बैठकले संयमित भएर फिल्म चलाउने निष्कर्ष निकालेको छ । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै संघका एक सदस्यले सेन्सर बोर्डले प्रदर्शन अनुमति पनि दिइसकेको स्थितीमा सुरक्षा संयमता अपनाउँदै फिल्म प्रदर्शन गर्ने निर्णय भएको बताए ।

‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद हटाएपछि नेपाली सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन अनुमति दिएको थियो । तर, काठमाडौं महानगरका मेयर बालेन शाहले तीन दिनको समय तोक्दै उक्त संवादलाई भारतमा नसच्चाए काठमाडौं महानगर क्षेत्रमा प्रदर्शन अनुमति नदिने बताएका थिए ।

बालेनको यो अभिव्यक्तिले सामाजिक संजालमा तरंग पैदा गरेको थियो । महानगरले आधिकारिक पत्र पनि नपठाएको र मेयरले फेसबुकमा लेख्दैमा आधिकारिक नहुने भन्दै फिल्म प्रदर्शन गर्ने निर्णय संघले गरेको ती सदस्यले बताए । ‘यदि आधिकारिक पत्र आइपुगे सोहीअनुसार अघि बढ्न सकिन्छ’ ती सदस्यले भने, ‘अहिलेलाई देशब्यापी फिल्म रिलिज गर्ने कुरा भएको छ ।’

बालेनले फिल्ममा समावेश उक्त संवादलाई सच्याउन भारतीय निर्मातालाई तीन दिनको समय दिएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट