April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने

श्रमशोषण गरेको तर भत्ता वृद्धि नगरेकोमा आन्दोलन

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:५0
श्रमशोषण गरेको तर भत्ता वृद्धि नगरेकोमा आन्दोलन

विराटनगर ।।

  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा
  • प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत 
  • प्रतिष्ठानले श्रमशोषण गरेको गुनासो 
  • डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको 
  • सम्झौतामा मात्र सिमित 

जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन ।

भत्ता वृद्धिको माग गर्दै तीन दिनदेखि कालोपट्टी बाधेरमा काममा उत्रिएको इन्टर्न डाक्टरहरुले बताएका छन् । महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।

‘महंगी बढेको छ, १८ हजार ३ सय रुपैयाँले गुजारा गर्न गाह्रो हुन्छ,’ डाक्टर राईले भने, ‘मेडिकल अधिकृतको तलबको आधा बराबर २४ हजार भत्ता बनाउन माग गरेका छौं ।’ आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बारम्बार प्रतिष्ठान प्रशासनसँग आग्रह गर्दा आफ्नो माग सुनुवाइ नभएको बताएका छन् । प्रतिष्ठानले श्रमशोषण गरेको उनीहरुको गुनासो छ।

‘दिनानुदिन महंगी चुलिरहदा अहिले हामीले प्राप्त गर्ने पैसाले (१८ हजार ३०० भत्ता) जीवन निर्वाह गर्न सम्भव छ त ?’ चिकित्सकहरुले प्रश्न गरेका छन्, ‘‘ संस्था घाटामा छ, हामीसँग पैसा छैन भन्ने जस्ता बहानामा हाम्रो मागको अवहेलना गरिनु कदामी सह्य हुँदैन ।’

प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ । तीन वर्षअघि पनि इन्टर्न चिकित्सकले आन्दोलन गरेका थिए । २०७७ मंसिर १५ गते प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो ।

सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको छैन ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट