sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रहरीमाथि नै कैदीबन्दीको आक्रमण

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १३:0५
प्रहरीमाथि नै कैदीबन्दीको आक्रमण
  • अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण
  • टाउकोमा लाग्यो चोट 
  • कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल,
  • ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद

धनगढी ।।

कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन् । शनिबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गरेका हुन् ।
कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको बताउदै सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।

कैलाली कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो रहेको छ । केही समयअघि मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप भएको कुरा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो ।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid