sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सबको आँखामा छारो हाले ! लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० 0८:१३
सबको आँखामा छारो हाले ! लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन

मेचीनगर : लागूपदार्थ तथा तस्करीविरुद्धको दिवस पारेर देशभर यसबारे जनचेतनामूलक कार्यक्रम गरिन्छ। वर्षमा एक दिन भए पनि यो दिवसलाई औपचारिक रूपमा पूरा गर्ने धेरै हुन्छन्।

तर दिनानुदिन लागूऔषध तस्करी र त्यसका प्रयोगकर्ता बढेको बढ्यै छन्। सीमा क्षेत्र थप जोखिममा रहेका छन्। लागूऔषध प्रयोगकर्ता अधिकांश युवा पुस्ताका नै हुने गरेका तथ्यांकले देखाउने गरेको छ।

प्रत्येक वर्षझैँ यसवर्ष पनि देशभर विभिन्न सामुदायिक संघसंस्था, सरकारी र गैरसरकारी संस्थाले यसविरुद्ध यो दिवस धुमधामका साथ मनाए।

पछिल्लो समय पूर्वी नेपालको सीमा क्षेत्र काँकडभिट्टा, बाहुनडाँगी र भद्रपुरबाट अधिकांश लागूऔषध तस्करीमा संलग्नहरूलाई प्रहरीले पक्राउ पनि गरेको छ। तर खुला सीमा नाकाका कारण नियन्त्रण गर्न भने सहज भने देखिएको छ।

नेपालीको बाक्लो उपस्थिति र आवतजावत हुने भारतीय बजार पानीट्यांकी र त्यसका आसपासका क्षेत्रमा खुलेआम लागूऔषध बिक्री वितरण हुँदा नियन्त्रणमा चुनौती थपिएको  स्वयं सुरक्षा निकाय बताउँछ ।

लागूऔषध नियन्त्रणका विषयमा सीमा क्षेत्र काँकडभिट्टामा प्रायः सन्देशमूलक कार्यक्रमहरू विभिन्न समयमा आयोजना हुँदै आएका छन्। तर ती कार्यक्रमको कुनै प्रभावकारिता भने देखिँदैन।

केही थान अतिथि बोलाएर बन्द कोठा र सभा हलमा भाषण मात्रै गरेको देखिन्छ। कहिले उनीहरूले विद्यार्थीको भेषमा तस्कर गरिरहेका छन् भने कहिले स्वयं डाक्टरको भेषमा समेत तस्करी भइरहेको पाइएको छ।

तर बौद्धिक र लागूऔषध नियन्त्रणमा लागेका भनिएका व्यक्तिहरूले कोठे शैली र भाषणबाहेक ध्यान नदिनुले उनीहरूकै भूमिका शंकास्पद बन्ने गरेको छ।

आज सोमबार पूर्वीनाका काँकडभिट्टामा लागूऔषध नियन्त्रणका विषयमा अन्तर्क्रिया कार्यक्रम कोठामै सीमित गरिएको छ।

कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रम एक रेस्टुरेन्टमा गरिएको हो ।

जहाँ कार्यक्रमस्थलमा मादक पदार्थका ब्राण्डहरूको विज्ञापन गरिएको थियो भने त्यसमा विद्यार्थीहरूलाई विद्यालय पोसाकमै राखिएको थियो। यसअघि गरिएको कोठे कार्यक्रममै लागूऔषध सुरुवातमा मादक पदार्थबाट सुरु हुने यस क्षेत्रका विज्ञ वसन्त कुँवरले बताएका थिए।

कुँवरले दुई साताअघि मेचीननगरले आयोजना गरेको लागूऔषध नियन्त्रण विषयक कार्यशालामा यस्तो बताएका थिए।

आज त्यही तथ्यलाई बेवास्ता गर्दै प्रदेश सरकारले विद्यार्थी सहभागी गराई कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रम कुनै सभाहलमा नभई काँकरभिट्टास्थित ‘बोर्डरल्याण्ड क्याफे एण्ड बार’मा सम्पन्न गरेको थियो।

अन्तरक्रियामा प्रदेश सांसदसँगै स्थानीय तहका प्रमुख, सुरक्षाकर्मीहरू, विभिन्न संघसंस्थामा क्रियाशील व्यक्तित्व तथा कक्षा ८-९ मा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति थियो। जुन कार्यक्रम अन्य कुनै सार्वजनिक स्थानमा आयोजना हुनुपर्नेमा रेस्टुरेन्टमा आयोजना हुँदा सबै अचम्मित थिए।

आयोजक संस्थाले भने अन्य स्थानमा उपयुक्त हल नपाएकाले रेस्टुरेन्टमा गर्नुपरेको बहानाबाजी गरेको छ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, सशस्त्र प्रहरी काँकडभिट्टाका प्रमुख निर्मल थापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख दीपक भारती लगायतले लागूऔषध नियन्त्रणका लागि आगामी कदमका विषयमा विभिन्न सुझाव राखेका थिए।

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० 0८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid