May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

पसलको सामानले बचत गरेको करोडौं रुपैयाँ कसरी असुल हुन्छ

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १२:२२
पसलको सामानले बचत गरेको करोडौं रुपैयाँ कसरी असुल हुन्छ
  • ९ जना सञ्चालकमध्ये अमिस राजभण्डारी, गिता शर्मा
  • र पुष्कर मल्ललाई केन्द्रीय अनुसन्धान ब्यूरोले गर्यो पक्राउ
  • बचतकर्ताको बिचल्ली
  • उजुरीको ६६ करोड ३१ लाख रुपैयाँ बिगो दाबी
  • ३५ जिल्लामा करिब १४ अर्ब रुपैयाँ हिनामिना भएको अनुमा

काठमाडौं ।।

बचतकर्ताहरु शिव शिखर सहकारीको कार्यालय आउँछन् , फर्किन्छन हातमा सुन्य । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीका ९ जना सञ्चालकमध्ये अमिस राजभण्डारी, गिता शर्मा र पुष्कर मल्ललाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । सञ्चालक पक्राउ परेसँगै बचतकर्ता र आफूहरु बिचल्लीमा परेको शाक्य बताउँछिन्।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार भक्तपुरबाट मात्र १ हजार २९२ जनाले शिव शिखरविरुद्ध उजुरी दिएका छन् । यी उजुरीको ६६ करोड ३१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । पक्राउ परेका सञ्चालकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । ब्युरोका अनुसार ३५ जिल्लामा शाखा रहेको शिव शिखर सहकारीले करिब १४ अर्ब रुपैयाँ हिनामिना गरेको छ ।

महर्जन जस्तै सुमन गोपाली पनि हरेक दिन शिव शिखर सहकारीको कार्यालय धाउँछन् । गोपालीसहित उनका बुबा, आमा, श्रीमती, मामाले पनि शिव शिखर सहकारीमा पैसा बचत गरेका थिए ।

‘थोरैथोरै गरेर पैसा जम्मा गरेका थियौं । बचत गरेर पछि निकाल्दा घरपरिवारलाई सजिलो होला भन्ने आश थियो,’ उनको अपेक्षा विपरीत सहकारीले झन् अप्ठ्यारो बनाइदियो । शिव शिखर सहकारीको कीर्तिपुर शाखामा बचत जम्मा गर्ने बचकर्ताहरु आफैंले संकलन गरेको विवरण अनुसार ५ हजार जना बचतकर्ताको १ अर्ब २० करोड भन्दा धेरै रकम छ ।

बचतकर्ताहरु हरेक दिन सहकारीको कार्यालयमा आएर कर्मचारीसँग आफ्नो बचतका बारेमा सोधपुछ गर्छन् । तर, कर्मचारीसँग जवाफ हुँदैन् । ‘यहाँ कर्मचारी मात्र छन् । उनीहरुलाई केही थाहा हुँदैन,’ गोपाली भन्छन् । शिव शिखर सहकारीमा उनको र उनको परिवारका सदस्यको करिब १ करोड रुपैयाँ बचत थियो ।

‘हामीले दुःख गरेर कमाएको पैसा यहाँ जम्मा गर्यौं,’ उनी भन्छन्, ‘अब अहिले एक सुका पनि फिर्ता पाएका छैनौं ।’ सहकारीको कार्यालयमा आफ्नो बचत फिर्ता माग्दै चेक बोकेर बचतकर्ताहरु दैनिक आउँछन् ।

चेक बोकेर आए पनि उनीहरु रित्तै फर्किन बाध्य छन् । करिब ४५ लाख रुपैयाँ बचत गरेकी गुणदेवी श्रेष्ठ हातमा पासबुक र चेक बोकेर चार तल्ला माथि रहेको कार्यालयमा दिन बिराएर आउँछिन् ।

६० वर्षे महर्जन क्यास काउन्टरमा गएर आफ्नो चेक देखाउँछिन् । ‘पैसा छैन भन्छन्,’ उनी गुनासो गर्छिन्, ‘हामीले त यो बैंक (सहकारी)लाई खुरुखुरु पैसा दिएका थियौं ।’ ६ वर्षदेखि उनी सहकारीमा पैसा जम्मा गर्ने गर्थिन् । नयाँबजारमा अगरबत्ती-धुप बेचेर ब्यापार गरेर बचत गरेको पैसा फिर्ता पाइने आशमा उनी सहकारी कार्यालय धाउँछिन् ।

पैसा दिन नसकिरहेको सहकारीले उनलाई हप्तामा एक पटक पाँच हजार रुपैयाँसम्मको सामान लगेर जान भनिरहेको छ । तर, उनी भने सामान होइन आफूले बचत गरेको रुपैयाँ नै फिर्ता खोजिरहेकी छिन् । ‘मैले नगद गनेर दिएकी थिएँ, मलाई नगद नै चाहिन्छ,’उनी प्रश्न गर्छिन्, ‘नगदको सट्टा सामान किन लिने ?’

शिव शिखर सहकारीमा रकम बचत गर्ने कीर्तिपुरका बचतकर्ताहरुको सम्पूर्ण विवरण संकलन गरेर प्रहरीमा उजुरी दिन जाने तयारी गर्दैछन् । ‘भक्तपुरको छानविन गरिसक्यो, सीआईबीले हामीलाई पनि उजुरी दिनुहोस् भनेको छ, अब हामी पनि उजुरी लिएर जान्छौं,’ उनले भने ।

 

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।