April 19, 2025 | शनिबार, बैशाख ७, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

दोधारमा भक्ति सिटौला

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:५६
दोधारमा भक्ति सिटौला
  • प्रदेश सभामा प्रवेश गर्दै भक्ति सिटौला ।
  • सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी रोजे ।
  • कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो ।

विराटनगर ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति सिटौला कोसी प्रदेशसभामा प्रवेश गर्दै गर्दा अभिवादन प्राप्त गर्छन् । कांग्रेसका धेरै प्रदेश सभा सदस्यले जय नेपाल भन्दा जय नेपाल राम्रो संग फर्काउँछन् ।

२०३६-०३७ तिर नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका सिटौलाले २०७० मा कांग्रेस छाडेका हुन् । त्यसबेला झापाको निर्वाचन क्षेत्र नम्बर २ मा संविधानसभा सदस्यमा उठ्ने तयारीमा थिए । तर, कांग्रेस नेतृत्वले टिकट दिएन । क्षेत्र नम्बर २ मा उनको सट्टा उद्धव थापा उमेदवार बनाइए ।

‘पार्टी नेतृत्वले काविल भएर पनि भेदभाव गर्दै बेवास्ता गरेपछि’ सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी रोजे । त्यतिबेला संविधानसभा सदस्यमा राप्रपाबाट मनोनयन दर्ता गराएपछि कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो ।

प्रदेश सरकार 

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असार १५ गते विश्वासको मत लिन नसकेपछि गठबन्धनले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । तर, संसदीय अंक गणितको हिसाबले राप्रपालाई साथ नलिइ सहज सरकार बनाउन कांग्रेसलाई हम्मे छ ।

विगतमा कांग्रेसबाट ‘अपमानपूर्ण ढंगले’ बर्हिगमित सिटौलाले ‘के कांग्रेसलाई साथ देलान् ?’ आम राजनीतिक वृत्तमा अहिले चर्चा चुलिएको छ ।

केन्द्रीय स्तरमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्दनेबीच छलफल भए पनि कुन मोडालिटीमा सरकार बन्ने ? र राप्रपाको अवस्था के हुने ? भन्ने टुंगो लाग्न सकेको छैन । एमालेको साथ लिएर निर्वाचनमा विजयी भएको राप्रपाले गठबन्धनलाई साथ दिने नदिने निर्णय हुन बाँकी छ ।

राप्रपा कोसी प्रदेश संसदीय दलका नेता तथा काम चलाउ सरकारका मन्त्री सिटौलाले गठबन्धनमा सामेल भई सरकारमा जाने विषयमा ठोस छलफल हुन अझै बाँकी रहेको बताएका छन् ।

सरकारको ‘नेतृत्व कसले गर्ने, व्यक्ति को हुने ?’ जस्तो विषयमा पहिले छलफल नभएको भन्दै परिस्थिति हेरेर राप्रपा अघि बढ्ने बताएका छन् । “यसबारे निर्णय गर्ने जिम्मा राष्ट्रिय अध्यक्ष लिङ्देनलाई दिइएको छ । हामीले प्रदेशस्तरमा गठबन्धन दलसँग अहिले छलफल गरेका छैनौं,” उनले भने ।

राप्रपाको साथ पाए गठबन्धनले ५२ सांसदको समर्थनसहित सहज ढंगको सरकार बनाउन सक्छ । नपाए सरकार गठन भए पनि ३० दिनपछि विश्वासको मत लिँदा अप्ठ्यारो हुनसक्छ । माओवादी केन्द्रका सभामुखसहित गणना गर्दा ४७ मत पुग्छ । कोसीमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । एमालेसँग आफ्नो ४० सहित राप्रपाका ६ सांसद छन् ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट