sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सधै बैठकमा अवरोध गरेर हुन्न प्रधानमन्त्रीलाई जवाफ दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:४१
सधै बैठकमा अवरोध गरेर हुन्न प्रधानमन्त्रीलाई जवाफ दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले बैठकमा अवरोध जारी 
  • जिज्ञासाहरु प्रश्नहरुको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं : अध्यक्ष तिमिल्सिना

काठमाडौं ।।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले बैठकमा अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुरुमै एमालेले उठेर विरोध गर्यो । त्यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । एमाले सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् । साथै उनले प्रश्न गरिन्, ‘नेपालको प्रधानमन्त्री नेपालले बनाउँछ कि दिल्लीले ?’

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले एमालेले गरेको प्रश्न प्रधानमन्त्रीलाई भएको हुन सक्ने भन्दै जवाफका लागि वातावरण बनाउन आवश्यक रहेको बताए । ‘एउटा जिज्ञासा सोध्न चाहन्छु भन्नुभएको छ । सायद प्रधानमन्त्रीलाई नै त्यो प्रश्न होला’ अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालको सरकार नेपालले बनाउँछ कि बाहिरबाट भनेर सोध्नुभएको छ । यसको उत्तर दिन पनि प्रधानमन्त्रीले यहाँ बोल्ने वातावरण बनाउनुपर्छ । यस्ता जिज्ञासाहरु प्रश्नहरुको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔं ।’

तर, एमाले सांसदहरुले राष्ट्रिय सभामा उठेर विरोध जारी राखेका छन् । संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रिय सभाको भूमिका न्युन हुन जाने अध्यक्ष तिमिल्सिनाले बनाए । आफ्नो माग यथावत राखेर पनि संसदको बैठक सुरु गर्दा उपयुक्त हुन सक्ने पनि उनले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid