sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कसैको दबाबमा होइन इच्छाले राजीनामा दिनसक्छु : सभामुख

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १४:१५
कसैको दबाबमा होइन इच्छाले राजीनामा दिनसक्छु : सभामुख
  • कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत
  • उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले दोधारमा गरे हस्ताक्षर
  •  हस्ताक्षरकै कारण परे विवादमा

विराटनगर ।।

सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् ।बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले पनि समर्थनमा हस्ताक्षर गरेका थिए । उनकै समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका छन् । तर सभामुख विवादमा परे ।

सभामुख गौतमले भने आफू हस्ताक्षर गर्ने मनस्थितिमा नभएको, तर राजनीतिक निकासका लागि अन्तिम अवस्थामा हस्ताक्षर गर्ने निर्णयमा पुगेको बताएका छन् । मुख्यमन्त्रीको शपथग्रहणपछि कुरा गर्दै सभामुख गौतमले भने, ‘केन्द्रमा सरकारहरु बन्दा सभामुखको नाम जाने गरेको पाएँ, यहाँ साथीहरुले छुट्टै नाममा हस्ताक्षर गर्नुपर्ने जुन कुरा गरे, त्यसमा म आफू तयार थिइनँ ।’

अन्तिम अवस्थामा निकास नदिई नहुने अवस्था आएपछि हस्ताक्षर गरेको उनले बताए । ‘सदनको अध्यक्षको नाताले पक्ष र प्रतिपक्षलाई मिलाएर जानुपर्ने दायित्व छ, त्यो दायित्वको हिसाबले मैले एकातिर हस्ताक्षर गर्नुपर्ने परिस्थिति नआओस् भन्ने मेरो चाहाना थियो, त्यसका लागि अन्तिमसम्म नै प्रयास गरे’ उनले भने, ‘प्रदेशलाई निकासविहीन अवस्थामा राख्न सक्दैनथ्यौं, त्यसैले मैले निकाश दिएको हुँ ।’

साथै उनले अहिलेकै जस्तो अंकगणित रहे आफूले जिम्मेवारीबाट राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए । ‘सहज बहुमत नभएको अवस्थामा सरकार पनि टिक्दैन’, अहिले पनि प्रदेशसभामा सत्ता र प्रतिपक्षको गणित ४६-४६ को अवस्था रहेको भन्दै उनले भने, ‘कसैको दबाबमा होइन, मेरो इच्छाले राजीनामा दिनुपर्ने परिस्थिति आउनसक्छ, किनकी नैतिकताको प्रश्न पनि छ ।’

यद्यपि सभामुखको भूमिकामा रहँदासम्म निष्पक्ष भूमिका खेल्ने गौतमले बताएका छन् । उनले अघि भने, ‘यदि हुनसक्ने स्थिति भएन, साच्चिकै अप्ठ्यारो पर्ने स्थिति आयो भने मैले यहाँ (सभामुख) बसिरहनुपर्ने आवश्यक हुन्न ।’

 

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid