May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

गठबन्धनले बोलाए हुन्छ, जे जस्तो चुनौती पनि स्वीकार्छु : ओली

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १५:५९
गठबन्धनले बोलाए हुन्छ, जे जस्तो चुनौती पनि स्वीकार्छु : ओली
  • अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने
  • एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गर्यो संसद अवरुद्ध
  • धम्कीको भाषामा देशलाई लतारेर मानसिक दासतामा राखेको ओलीको आरोप 

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद फेस गर्ने निर्णय गरेको छ ।

शुक्रबार स्ववियू काउन्सिलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए । ‘हिजो बिहान गठबन्धनको बैठक बस्यो र उनीहरूले मसल देखाएर आह्वान गरे पार्लियामेन्टमै भेटौंला आऊ’ उनले भने, ‘अब प्रतिपक्षले त के गर्ने ? भेटौंला भनेपछि ठीक छ ।’ उनले अगाडि थपे, ‘प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा नम्रताका साथ भन्न चाहन्छु, पार्लियामेन्टमा मात्र होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं । स्पट तोकेर बोलाए हुन्छ ।’

हालै स्ववियू चुनावमा उनीहरूको गठबन्धनलाई उत्तानो पारेको मात्र होइन, तीन पल्ट ड्याप, ड्याप, ड्याप ठोकेको भन्दै ओलीले फेरि पनि चुनौती स्वीकार गर्ने बताए । सरकारले उन्मादको भाषा बोलेको र अहंकारी व्यवहार देखाएको उनको आरोप छ । ‘सरकार संविधान विपरीतको व्यवहार गर्न चाहन्छ, धम्कीको भाषामा देशलाई लतारेर मानसिक दासतामा दबाउन चाहन्छ’ ओलीले भने, ‘यो स्वाभिमानी देश तयार छैन ।’

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट