May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

झापामा एक हप्ताको नातिनी हजुरबाले बेचेपछी …

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १0:३0
झापामा एक हप्ताको नातिनी हजुरबाले  बेचेपछी …

झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ ।

झापा बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबीचको सम्बन्धले जन्मिएको बच्चा बिक्री गरिएको जनाइएको छ ।छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबुले आमा र छोरीलाई सिक्किम लगेर सन्तानविहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए ।

उनीहरुको अवैध सम्बन्ध रहेको र गर्भ बसेको थाहा पाएपछि २०७९ पुस २७ मा विवाह गरेको एक निवेदनमा उल्लेख छ । पीडित युवतीले २०८० भदौ २५ गते छोरी जन्माएकी थिइन् ।तर, छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबु भीमप्रसाद भट्टराईले आमा र छोरीलाई सिक्किम लगेर सन्तानविहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए ।

‘आफ्नो बच्चा खोइ भनेर सोध्दा भट्टराई परिवारले ‘नानी काठमाडौँमा छ’ भनेर जवाफ दिने गरेका थिए,’ ती युवतीले निवेदनमा भनेकी छन् । हाल पीडित ती युवती बेसहारा छिन् ।
उनकी छिमेकी प्रकृति रिजालले सामाजिक सञ्जालमा घटनाको विषयमा एक भिडियो पोष्ट गरेकी छन् । उक्त भिडियोमा ‘विवाहपछि केटीलाई घरमा नराखेर अर्कैको घरमा राखेको, बच्चा जन्मिँदासम्म कुनै हेरबिचार नगरेको, बच्चा जन्माएको ६ दिनमा सार्वजनिक बसमा भारत पानीटंकीसम्म लिएर आएको’ उल्लेख गरेकी छन् । उनले एक हप्ताको सुत्केरीलाई आराम दिनुको सट्टा उक्त परिवारले सार्वजनिक बसमा सिक्किम पुर्याएको र बच्चा बिक्री गरेको दाबी गरेकी छन् ।

बच्चा बिक्री गरेर नेपाल फर्किएपछि युवती भागेर झापा बिर्तामोडस्थित बुट्टाबारीमा रहेको नाताले दाजु पर्नेको घरमा पुगिन् । आफ्नो बच्चा बिक्री भएको सुनाएपछि गाउँलेहरु भेला भए र तुरुन्त बच्चा फिर्ता ल्याउन भट्टराई परिवारलाई दबाब दिए ।

त्यसपछि भट्टराईले शिशु फिर्ता ल्याए । तर, युवतीमाथिको हिंसा भट्टराई परिवारबाट रोकिएन । भट्टराई परिवारले बच्चाको स्याहार सुसारको लागि खर्च नदिँदा ती युवतीले मागेर जीवन गुजारेको आफूले देखेको छिमेकी बताउँछन् । उनी अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै थिइन् । अचानक उनको महिनावारी रोकियो । पहिले पनि महिनावारी नियमित थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे ।

शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो । त्यसपछि युवतीले उक्त युवासँग मोबाइलमा भएका म्यासेजहरु छिमेकीलाई देखाइन् । छिमेकीले केरकार गरेपछि केटाले आफूले सम्बन्ध राखेको स्वीकार गरे । त्यसपछि युवती गर्भवती भएको शङ्का लागेर चेकजाँच गर्दा ८ महिनाको गर्भ रहेको थाहा भयो ।

त्यसपछि ती युवतीसँग सामान्य टिकाटालो गरेर छिमेकी केटालाई गाउँलेले युवती जिम्मा लगाए । तर, केटाको परिवारले भने आठ महिनाको बच्चा भएको थाहा पाइसक्दा पनि युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे ।यसैबीच, बच्चालाई अन्तै कतै छोडेर विदेश जान युवतीलाई दबाब दिने गरेको पनि उनीहरुको दाबी छ । घरमा रहँदा पनि युवतीमाथि अनेक खालका गाली गलौज र हिंसाका घटना भइरहने गरेको छिमेकी दाबी गर्छन् ।

घटनाको विषयमा सोमबार बुद्धशान्ति गाउँपालिकाका वडा अध्यक्ष अनिल वाग्लेको रोहबरमा छलफलसमेत भएको थियो । उर्लिएर पुगेका गाउँलेसामु भट्टराई परिवारले बुहारी स्वीकार गर्ने भन्दै जिम्मा लिएर गए । यद्यपि ती युवती र शिशुको अवस्था खतरामुक्त नरहेको छिमेकी बताउँछन् ।भट्टराई बाबुछोरा नै पण्डित्याइँ गर्दछन् । तर, उनीहरुले हालसम्म तीन महिनाको शिशुको न्वारानसमेत नगरेको युवतीले बताएकी छन् ।

पण्डित परिवारले ती युवतीलाई उनको नाङ्गो भिडियो बनाएर फेसबुकमा हाल्दिने धम्की पनि दिने गरेको स्रोतको दाबी छ । केटा पक्षले अर्को केटीसँग विवाहको तयारी समेत गरेको थाहा पाएको स्थानीय प्रगति रिजालले दाबी गरेकी छन् ।पण्डित भीमप्रसाद भट्टराईले भने घटना मिलाइसकेको बताए । नातिनीलाई बिक्री गर्न चाहिँ लानु भएको हो कि होइन ? भन्ने प्रश्नमा उनले भने, ‘बिक्री गर्न लगेको भए हाम्रो नातिनी हामीसँग हुन्छ ? भन्नु त ?’ जन्मदर्ता किन नगराउनु भएको भन्ने प्रश्नमा भोलि दर्ता गराइदिने उनले बताए ।

सिक्किमा लगेर बेचेको भन्ने कुरा गलत रहेको उनले बताए । ‘मैले बुहारी र नातिनीलाई दुःख दिएको होइन । मेरी श्रीमती फोक्सोको बिरामी थिइन् । त्यसपछि मैले सालीको घरमा लगेर बुहारीलाई राखेको हो । हाम्रो परिवार हामी मिलेका छौँ । बुहारी स्वीकार गरेर राखेका छौँ । भदौमै ल्याएर राखेका हौँ । पछि हामी बाउछोरा नै गएर लिएर आएका हौँ । नानी पनि सँगै लिएर आएका हौँ । बुहारी सिधा छिन् । उनलाई सिकाएर अरुले उक्साएर यस्तो भएको हो,’ उनले भने, ‘बेचिसकेको नानी फेरि कसले ल्याउन सक्थ्यो त ? प्रमाणित हुनु परेन ? अप्रमाणित बोलेर भएन नि ? यो एकपक्षीय हिसावले हाम्रो परिवारमाथि कसैले खेलवाड गर्न खोजिएको हो । त्यस्तो केही होइन ।’ रातोपाटी अनलाइनबाट साभार गरि सम्पादन गरीएको।

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १0:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।