sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अस्ताइन विद्रोहको मार्गमा हिँड्दै सहयात्री बनेकी सीता

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० ११:४५
अस्ताइन विद्रोहको मार्गमा हिँड्दै सहयात्री बनेकी सीता

काठमान्डौ ।। अभिषेक दवाडी।।

  भनिन्छ हरेक सफल पुरुषको पछाडी नारीको दर्बिलो साथ हुन्छ । यही भनाईको एक उदाहरणीय पात्रकोरुपमा सीता दाहाल हुन भन्दा फरक नपर्दो हो । श्रीमान व्यवस्था परिवर्तनका लागि विद्रोहको मार्गमा हिँड्दै गर्दा मार्ग निर्देशन गर्ने भूमिकामा उनै सीताको ठूलो योगदान रहेको किस्साहरु सुन्नमा पाइन्छ र किताबका पानामासमेत दस्तावेजिकरण गरिएको छ । श्रीमान, परिवार सम्हाल्दै र समेट्दै कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गर्दै श्रीमानको सहयात्री मात्रै नभएर १० वर्षे जनयुद्धको अभिभावक बनेकी सीता दाहाल सँधैका लागि अस्ताएकी छिन् ।

गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिने एक सफल क्रान्तिकारी नारी अस्ताउदै गर्दा अब भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जीवनमा भौतिक रुपमा सीताको कहिल्यै उदय हुने छैन । त्यसो त युद्धको समयमा प्रचण्ड सुप्रिमो रहँदा सीता दाहाल सुप्रीमोको पनि सुप्रीमो थिइन् । यो सीतासँग समिलित दस्तावेजिकरणहरुले बताउछ नै प्रधानमन्त्री प्रचण्डको कमाण्डमा रहेर काम गरेका योद्धाहरुबाट पनि उनको बारेमा किस्साहरु सुन्न पाइन्छ । त्यसो त सीताले पुष्पकमल दाहाललाई प्रचण्ड मात्रै बनाइनन् उनले एउटा शिक्षकलाई सिंगो देशको प्रधानमन्त्री बनाउन सफल बनिन् ।

भूमिगत रहँदा श्रीमानसँगै भूमिगत जीवन व्यतित गरेकी सीता श्रीमान सार्वजनिक हुँदा आफू पनि सार्वजनिक भएकी थिइन् । जीवनको हरेक क्षण सुखदुख, हार जीत, सफलता र असफलताका यात्राहरुमा सँगै सहयात्री बनेकी उनी प्रधानमन्त्री प्रचण्डको यात्रामा अब भने सीताको भौतिक शरिर भेटिने छैन । भेटिने छ त केबल उनले देखाएको बाटो र दिएको साथ सम्झानाको क्यानभासमा कोरिएको चित्र झैँ । जीवनमा प्रीय पात्र अर्थात जेठी छोरी र एक मात्रै छोरा गुमाएर गहिरो चोट बोकेर हिँडेका दाहाल अन्ततः जीवनको हरेक कष्टकर यात्रामा सहयात्री बनेकी जीवनसंगीनी गुमाउनुको पीडा बोहोर्नुपरेको छ । प्रीय पात्र गुमाउदाका पीडालाई मौनता भित्र गुम्साएर राजनीतिक यात्रामा कहिल्यै कम्जोर नभएका प्रचण्डलाई अब दुई सन्तान रेणु दाहाल र गँगा दाहालले दर्बिलो साथ दिउन् ।

साथै, देशको राजनीतिक व्यवस्था र अवस्था परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी सीता दाहाल प्रति भावपूर्ण श्रद्धान्जली ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid