September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विधेयकको बिषय थाहा हुनुपर्छ र जिम्मेवारी पनि आफैं हुनुपर्छ : नेम्बाङ

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १४:0१
विधेयकको बिषय थाहा हुनुपर्छ र जिम्मेवारी पनि आफैं हुनुपर्छ : नेम्बाङ
  • बिजुली व्यापारको विषयमा बहस गरेको घटना लज्जास्पद
  • विधेयकको विषय नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने

 काठमाडौं ।

विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले लज्जास्पद भनेका छन् ।

बिहीबार राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेका थिए । आफ्नै कार्यकक्ष सिंहदरबारमा पत्रकारसित कुरा गर्दै नेम्वाङले भने, ‘यो हामी सबैका लागि लज्जास्पद हो ।’

विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसदहरु विमला घिमिरे, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल तथा कांग्रेस सांसद जितेन्द्रनारायण देवले बिजुली व्यापारको कुरा गरेका थिए ।

सांसदहरुले सैद्धान्तिक छलफलमा धारणा राखिसकेपछि जवाफ दिन आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समेत बिजुली व्यापारकै कुरा गरे । नेम्बाङले सरकारका सम्बद्ध मन्त्रीलाई आफूले पेश गरेकै विधेयकको विषय नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने बताए ।

बैठकमा विधेयकको विषय भन्दा फरक विषयमा सांसदहरुले धारणा राखे पनि बैठकको अध्यक्षता गरिरहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै प्रतिक्रया जनाएका थिएनन् ।

उनले विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफल समाप्त भएपछि मात्र सांसद र मन्त्रीको ध्यानाकर्षण गराएका थिए । नेम्बाङले सभाका अध्यक्षको नाम नलिए पनि उनीतिर लक्षित गर्दै विषयवस्तुभन्दा बाहिरको बहस रोक्ने नियमावलीमा व्यवस्था रहेको स्मरण गरे ।

 

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्