May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

साउनको हरियालीलाई सेयर बजारले पनि साथ दियो

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १६:२३
साउनको हरियालीलाई सेयर बजारले पनि साथ दियो
  • चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दिन सेयर बजार पनि हरियाली
  • विकास बैंकका लगानीकर्ता खुशी  

काठमाडौं ।।

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लियो । यो २.२४ प्रतिशतको वृद्धि हो । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए ।

सबैभन्दा धेरै (४.१४ प्रतिशत) विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो ।

सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको भएको छ ।

बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबार आज सकारात्मक सर्किट लेवलमा भएको छ । कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फण्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।