April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सर्वोच्चको आदेश विपरीत परीक्षा लिन लागेको भन्दै विरोध

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १५:0६
सर्वोच्चको आदेश विपरीत परीक्षा लिन लागेको भन्दै विरोध
  • सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध
  • विद्यार्थीलाई माघ २६ र २७ मा छुट्टै परीक्षा सञ्चालन गर्ने गरी सूचना जारी
  • पदाधिकारीले राजीनामा दिनुपर्ने र नयाँ परीक्षा समिति गठन हुनुपर्ने माग

काठमाडौं ।।

नेपाल खुला विश्वविद्यालय कानुन संकायका विद्यार्थीले सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध जनाएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ गते बार काउन्सिललाई खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि काउन्सिलले यसअघि घोषित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै खुला विश्वविद्यालयका विद्यार्थीलाई माघ २६ र २७ मा छुट्टै परीक्षा सञ्चालन गर्ने गरी सूचना जारी गरेको छ ।

उक्त सूचना सच्याउन विद्यार्थीले काउन्सिलमा गरेको माग सम्बोधन नभएपछि अदालतको अवहेलना मुद्दा दायर गर्न लागेका छन् । “सर्वोच्चको संवैधानिक इजलासले बार काउन्सिलको परीक्षामा खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई संलग्न गराउन अन्तरिम आदेश जारी गरेको हो । एउटै उपाधिका लागि हामीलाई छुट्टै परीक्षा सञ्चालनका लागि होइन,” खुला विश्वविद्यालयका काुननका विद्यार्थी कृष्णमुरारी पुडासैनीले सँग भने, “एउटै परीक्षा फरक फरक प्रश्नपत्रमा गराएपछि टपर को हुन्छ ? फेरि हामीमाथि आग्रह राख्ने र सहभागी नै हुन नदिने निर्णय गरिसकेको परीक्षा समितिबाट कसरी निष्पक्ष परीक्षा सञ्चालन हुन सक्छ ?”

उनले त्यही कारण वर्तमान परीक्षा समितिका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र नयाँ परीक्षा समिति गठन हुनुपर्ने माग गरेको बताए । काउन्सिलले यही पुस १३ र १४ गते गर्न लागेको परीक्षा रोक्नु पर्ने वा एक घण्टा समय सारेर भए पनि आफूहरूलाई पनि सहभागी गराइनुपर्ने उनीहरूको माग छ ।  सर्वोच्च अदालत संवैधानिक इजलासले यही पुस ६ गते काउन्सिलको परीक्षामा खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई पनि परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना रहेको संवैधानिक इजलासले खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई समेत परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

“नेपाल खुला विश्वविद्यालय ऐन २०७३ स्थापित विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रमबमोजिम उपाधि प्राप्त व्यक्तिहरूलाई नेपाल कानुन व्यवसायी परिषद् (कानुनी शिक्षा) नियमावली, २०७७ जारी (२०७७/१२/०१) हुनुभन्दा अगाडिदेखि नै कानुनको स्नातकको अध्ययन कार्यमा संलग्न रही उपाधि हासिल गरेको व्यक्तिको हकहितमा प्रतिकूल असर पर्नेगरी नियममा अन्यता सर्तहरू राखी परीक्षामा सामेल हुन दिनबाट बञ्चित गर्नु मनासिव देखिएन,” संवैधानिक इजलासको आदेशमा भनिएको छ, “तसर्थ, नेपाल कानुन व्यवसायीबाट मिति २०७९/०४/१९ मा भएको निर्णय प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु तथा निवेदनमा माग भए बमोजिम दरखास्त लिई परीक्षामा सामेल हुन दिनु दिलाउनु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९(४) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।”

तर, बार काउन्सिलले भने पुस ८ गतेको बैठकमा तोकिएका परीक्षा तोकिएको मितिमै सञ्चालन हुने र खुला विश्वविद्यालयका विद्यार्थीको हकमा आवश्यक व्यवस्थापकीय तयारी पछि निर्णय गर्ने गरी सूचना प्रकाशित गरेको छ । त्यहीअनुसार अर्को सूचना प्रकाशित गरी माघ २६ र २७ गते काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन हुने भन्दै आवेदन फारम अनलाइन माध्यमबाट भर्न भनेको छ । त्यसविरुद्ध विद्यार्थीहरू अदालतको अवहेलनाको निवेदन लिएर पुनः सर्वोच्च पुगेका हुन् ।

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।