sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नयाँ उर्जाका साथ ४ महिनापछि हसाउँन आउने छौँ : विशाल भण्डारी

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:५३
नयाँ उर्जाका साथ ४ महिनापछि हसाउँन आउने छौँ : विशाल भण्डारी
  • ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द
  • ६९ वटा श्रृंखला प्रशारण 
  • १६ महिनाको यात्रा ब्रेक  

काठमाडौं ।।

टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको छ । ६९ वटा श्रृंखला प्रशारण भएको शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोडुसर तथा होस्ट विशाल भण्डारीले जानकारी दिए ।

“१६ महिनाको हाम्रो यात्रा निकै रमाइलो भयो । यो लामो यात्रामा हामीलाई केही यमय ब्रेक पनि चाहिएको थियो, त्यसैले हामीले केही महिनाका लागि शो ब्रेक गरेका छौँ,” विशाल भन्छन्, “हामी करिब चार महिनापछि पुनः नयाँ उर्जाका साथ दर्शकलाई हसाउँन आउने छौँ ।”

चार महिनापछि पुरानै टिम आउने तर थप परिस्कृत र परिमार्जित भएर आउने उनले बताए । ‘कमेडी क्लब विथ च्याम्पियन’ चार महिनाका लागि बन्द हुनुको मुख्य कारण भने स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हो ।

‘कमेडी च्याम्पियन’ को सिजन-३ चाँडै प्रशारणको तयारीमा रहेको छ । यसलाई समय दिनु पर्ने भएकाले ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको विशाल बताउँछन् ।

‘कमेडी च्याम्पियन’ सिजन-३ असोजबाट प्रशारण हुँदै छ । डिजिटल अडिसन लिइसकेको निर्माण पक्षले अहिले फिजिकल अडिसनको तयारी गरिरहेको छ । ‘कमेडी च्याम्पियन’को सिजन-१ को विजेता हिमेस पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid