May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

देउवा डुबेपछि गगनपनि डुब्नुहुन्छ किनकि हामि एउटै डुंगामा छौं : सुरेन्द्र पाण्डे

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:२0
देउवा डुबेपछि गगनपनि डुब्नुहुन्छ किनकि हामि एउटै डुंगामा छौं  : सुरेन्द्र पाण्डे
  • गगन थापाको कुरामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको असन्तुष्टि 
  • थापाले संसदीय दलको नेताको विकल्प खोज्नुपर्ने
  • शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ 

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् ।

केन्द्रीय समितिको तेस्रो दिन चलिरहेको बैठकको प्रारम्भमा बोल्ने क्रममा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको बोलीप्रति लक्षित गरेका हुन् । थापाले संसदीय दलको नेताको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

‘विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । सभापतिले पनि सक्नुहुन्न् । कसैले पनि सक्दैन । त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो । त्यो गरौं,’ थापा लक्षित बोलीमा पाण्डेले भने, ‘त्यसमा आपत्ति छैन । पाइन्छ, गर्ने पनि हो सकिन्छ भने । गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं ।’

पार्टीका प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले माग गरेमा संसदीय दलको नेताका लागि चुनाव हुने व्यवस्था छ । विधानको व्यवस्था कार्यान्वयन गर्न सकिने तर बाहिर बोल्दै हिँड्न नहुने पाण्डेको तर्क छ ।

‘पार्टीको नेगेटिभ भ्रम फैलिने गरि अतिरञ्जित नगरौं । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ ।’

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।