April 24, 2025 | बिहिबार, बैशाख १२, २०८२
सुचनाहरु
आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै अबको दुई दिन तराईमा तातो हावा चल्ने  जम्मू कश्मिरमा आक्रमण गर्ने आतंककारीको तस्बिर सार्वजनिक यस्तो छ कक्षा १२ को नयाँ रुटिन हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान  सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी  जम्मु–कश्मिरको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको गयो ज्यान  शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ बाट हुने बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु  काम गर्न नसक्ने प्रधानमन्त्रीले सयपटक कान समातेर उठबस गर्नुपर्छ:  बामदेव गौतम   विद्यालयनै ठप्प भएपछी अभिभावकले गरे आन्दोलन यस्तो देखियो ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर निजामति कर्मचारी खटाएरै भएपनि कक्षा १२ को परिक्षा बैशाख ११ मा गराएरै छाड्ने  कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै सुमना श्रेष्ठ भन्छिन्: राजिनामा आउनुपर्नेथ्यो प्रधानमन्त्रीको, आयो शिक्षामन्त्रीको ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजालले मारे बाजी राष्ट्रिय परीक्षा बोर्ड भन्छ: कक्षा १२ को परीक्षा ११ गतेबाटै हुन्छ “बाउ ठीक छैनन्, पार्टी झन् ठीक छैन” भन्दै हर्क साम्पङले रेणु दाहाललाई दिए कडा जवाफ  शिक्षामन्त्रीले भट्टराईले अचानक दिइन् राजीनामा

चाउचाउको बीचमा विदेशी मुद्रा फेला ४ जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १३:३९
चाउचाउको बीचमा विदेशी मुद्रा फेला ४ जना पक्राउ
  • चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे
  • विदेशी मुद्रा दुबई लैजाँदै गर्दा

काठमाडौं ।।

ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लासिबमकासबाविदेगेका थापा बुधबार राति पक्राउ परेका हुन् ।

उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा तिलोत्तमा -९ कै ३८ वर्षीय दिपेश रानालगायत तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको नाम खुलाएको छैन । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्