May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

मध्यपुर थिमीमा रास्वपाको भब्य वडा कमिटी गठन

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १0:५७
मध्यपुर थिमीमा रास्वपाको भब्य वडा कमिटी गठन
  • प्रमुख अतिथी केन्दीय सदस्य कुसुम महर्जनको उपस्थिति
  • थिमी नगरपालिकामा वडा नं  ३, ४, ५ र  ७ को कमिटी गठन सकियो 
  • वडा नं  १,२, ६, ८ र ९ को कमिटी गठन हुन बाँकी

भक्तपुर । रन्जना काफ्ले ।।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा ) ले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ  । साउन ६ गते शनिबार मध्यपुर ठिमी नगरपालिकाको वडा नं ४, ५ र ७ नम्बरको एउटै कार्यक्रममा वडा सभापति सहित ११ जनाको कमिटी गठन भएको हो।

कार्यक्रममा राष्टिूय स्वतन्त्र पार्टीकी केन्दीय सदस्य कुसुम महर्जनको प्रमुख आतिथ्य र प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार साजन बिक, भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत , मध्यपुर थिमी नगरपालिकाका सभापति न्हुछे मानन्धर लगाएत  राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्यहरुको उपस्थितीमा कमिटीहरु गठन भएका हुन् ।

शनिबार भएको कमिटी भेलाले वडा नं ४ मा सुमी श्रेष्ठ, वडा नं ५ मा इश्वोर श्रेष्ठ र वडा नं ७ मा नबिन तको सभापति रहेको ११ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको हो । जसमा उपसभापतिसहित ११ सदस्यहरु चयन  भएका छन् ।

भक्तपुर जिल्लामा ४ नगरपालिका मध्यको मध्यपुर थिमी नगरपालिकामा ९ वटा वडा कार्यालयहरु रहेका छन्  ९ वटा वडा कार्यालयहरुमध्य वडा नं  ३, ४, ५ र  ७ को कमिटी गठन भइसकेको अनि वडा नं  १,२, ६, ८ र ९ को कमिटी गठन हुन बाँकी रहेको थिमी नगरपालिकाका सभापति न्हुछे मानन्धरले साझा परिवेशलाई बताउनु भयो ।

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।