May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

भन्सारमा चोरी पैठारी बढ्यो कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १४:१५
भन्सारमा चोरी पैठारी बढ्यो कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
  • भन्सारमा चोरी पैठारी बढ्दा राजस्व घट्यो 
  • भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानन्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थ मन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’

उनले भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिए । अहिले राजस्व कम उठ्नुका धेरै कारण रहेको भन्दै उनले केही समयअघि आयात रोकिएको उल्लेख गरे ।

यसले भन्सार राजस्व कम उठेको उनको भनाइ छ । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठेको र नाका तथा नाकाबाहिरबाट चोरी पैठारी हुँदा पनि राजस्व घटेको बताए ।

दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट हुने प्रवेशलाई सरकारले गम्भिरताका साथ लिएको उनले बताए । उनले भैरहवा भन्सारमा आधुनिक मेसिनको आवश्यकता रहेको समेत बताए ।

‘संयन्त्रमा जे कुराको आवश्यकता छ, आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गर्छौं ।’

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।