May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १३:३४
नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा
  • स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर
  • १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा 
  • गैरकानुनी आर्जन गरेको भनेको सम्पत्ति असुल गर्न माग 

 काठमाडौं ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैया ६९ पैसा मात्र रहेको अख्तियारको भनाइ छ । त्यसैले उनले १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

‘‘निज राजु पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिंदा निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको’, अख्तियारले विज्ञप्तिमा भनेको छ ।

अख्तियारले उनले गैरकानुनी आर्जन गरेको भनेको सम्पत्ति १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा असुल गर्न माग गरेको छ । अख्तियारले पुरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको भन्दै उनको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।